प्रियंका देखि सेलिनासम्म…यी बलिउड सुन्दरीले रोजे विदेशी जीवनसाथी

एजेन्सी : बलिउड अभिनेत्री र विदेशीबीचको रोमान्स र रोमान्सपछि विवाह हुनु कुनै नयाँ कुरा हैन।

प्रियंका चोपडा 

प्रियंकाले निकसँग विवाह गरी प्रेम जोसँग पनि हुन् सक्छ भनेर प्रमाणित गरेकी छिन्। प्रियंका र निकको भेट सन् २०१७ मा भएको थियो। त्यसपछि यी दुईबीच निकटता बढ्दै गयो। दुवैले एक डिसेम्बरमा क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरे र २ डिसेम्बरमा हिन्दु परम्परा अनुसार विवाह गरे।

माधुरी दीक्षित 

प्रियंका चोपडा बाहेक अरु अभिनेत्रीले पनि सात समुन्द्र पारीका जीवनसाथी रोजे। खासमा बलिउडको धकधक गर्ल माधुरी दीक्षितको नाम सञ्जय दत्तसँग जोडिएको थियो तर उनले विदेशमा बस्ने भारतीय मूलका डाक्टर श्रीराम माधव नेनेसँग गरिन्। माधुरी र डाक्टर नेनेका दुई छोरा छन्।

प्रीति जिन्टा 

बलिउडको डिम्पल गर्ल प्रीति जिन्टाले आफ्नो जीवनसाथीको रुपमा एक विदेशी रोजे। अमेरिकाको इन्भेस्टमेन्ट ब्याङ्कर जीन गुडइनफसँग केही समयसम्म रिलेशनशिपमा रहेपछि सन् २०१६ मा प्रीतिले लस एन्जलसमा हिन्दु रितिरिवाजअनुसार विवाह गरेकी थिईन्।

रीना रोय 

रीना रोय र पाकिस्तानी क्रिकेटर मोहसिन खानबीच रोमान्सको चर्चा खुब चल्यो। पछि मोहसिन र रीना रोयले विवाह गरे र मोहसिन खान क्रिकेट छोडी फिल्म क्षेत्रमा आए। फतेह र वन्टवारा जस्ता केही फिल्ममा काम गरे। तर फिल्मी क्षेत्रमा सोचेजस्तो सफलता हासिल गर्न सकेनन् र फेरी पाकिस्तान नै फर्किए। विवाह पछि रीना केही समय पाकिस्तानमा बसिन् र पछि दुवै आ-आफ्नै बाटो लागे।

से‍लिना जेटली

बलिउडमा आफ्नो लोभलाग्दो सुन्दरताले सबैको दिलमा राज गर्न सफल अभिनेत्री सेलिनाले पनि आफ्नो मन मिल्ने साथी सात समुन्द्र पारी नै पाइन्। सेलिनाले सन् २०११ मा बिजनेसम्यान पिटर हगसँग विवाह गरिन्। सेलिनाले पिटरलाई पहिलोपटक दुबईमा भेटेकी थिईन्। यस भेटपछि पिटर हग सेलिनाको परिवारलाई भेट्न भारत आए र त्यसपछि दुवैले विवाह गरे। पिटर हग दुबई र सिङ्गापुरस्थित होटेल्सका मालिक हुन्। सेलिनाले सन् २००३ मा जानशीनबाट बलिउडमा प्रवेश गरेकी थिईन् र विवाह पछि फिल्ममा काम गर्न छोडिन्।

नीना गुप्ता

अभिनेत्री नीना गुप्ताको प्रेम कहानी बडो रोचक छ। भारतीय अभिनेत्री नीना गुप्ता र वेस्ट इन्डिजका चर्चित पूर्व क्रिकेटर विवियन रिचर्ड्स बीचको अफेयर करिब एक वर्षसम्म चल्यो र तिनको एक छोरी पनि भयो। दुवैले विवाह भने गरेनन् र आफ्नो सम्बन्धलाई कहिले पनि लुकाएनन्। विवियन रिचर्डस र नीना गुप्ताकी छोरी मसाबा गुप्ता हुन् जो एक प्रसिद्द फेशन डिजाइनर हुन्।

किम शर्मा 

किम शर्माले केन्याको बिजनेसम्यान अलि पञ्जानीलाई आफ्नो जीवनसाथी रोजिन्। यी दुईको वैवाहिक जीवन केही समयसम्म त राम्रै चल्यो तर अहिले यी दुई एक-अर्काको अनुहार पनि हेर्न चाहदैनन्।

प्रकाशित : बिहिबार, फागुन २७, २०७७१२:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मिथुन चक्रवर्तीकी छोरीले सुन्दरताको मामिलामा दिन्छिन् बलिउड अभिनेत्रीलाई टक्कर…