हरेक पुरुषले आफ्नो प्रेमिका र पत्नीलाई फरक दृष्टिकोणले हेर्ने गर्छन। उनीहरु आफ्नो प्रेमिकाको साथ गर्ने कार्यहरु पत्नीसंग शेयर गर्न सक्दैनन् भने प्रेमिका र पत्नीलाई गर्ने व्यवहार फरक रहने गर्छ। आफ्नो प्रेमिकासँग गर्ने सम्पूर्ण कार्यहरु पत्नीसँग गर्न जो कोही पुरुषहरु डराउने गर्छन। आज हामी तपाईहरुलाई पुरुषले आफ्नो पत्नी भन्दा प्रेमिकासँग गर्न रुचाउने कार्यहरुको बारेमा बताउन जाँदै छौँ।
एउटा पुरुष आफ्नो प्रेमिकाको अगाडी चुरोट सेवन गर्न रुचाउने भएपनि पत्नीको अगाडी यो कार्यमा एकदमै डराउने वा इच्छा नराख्ने बानी उनीहरुमा देखिन्छ। यसकासाथै केही पुरुषहरु आफ्नो प्रेमिकाको अगाडी रक्सि सेवन गर्न रमाइलो मान्ने गरेपनि पत्नीको अगाडी रुचाऊदैनन।
हरेक पुरुषहरु आफ्नो प्रेमिकालाई आधुनिक तथा छोटो कपडामा देख्न बढी मनपराउने भएपनि पत्नीलाई यस्तो अवस्थामा देख्दा रिसाउने वा झर्किने गर्छन। उनीहरु छोटो कपडामा सजिएका प्रेमिकासँग विभिन्न रमणीय स्थानहरुमा घुम्न वा सँगै बस्न असाध्यै रुचाउने गर्छन।
आफ्नो प्रेमिकासँग जिस्किन वा झुट बोल्न अत्ति रुचाउने पुरुषहरु पत्नी सँग भने केही कुरामा जिस्किन खोज्दा वा झुट बोल्दा ठूलो विवाद निकाल्ने गर्छन।
प्रेमिकाले विस्तारामा जुनसुकै शैलीबाट देखाएको माया सजिलै रुचाउन सक्ने पुरुषहरु पत्नीको यस्ता कार्यहरु मनपराऊँदैनन्। एक खोज तथा अनुसन्धानको निस्कर्ष अनुसार हरेक पुरुषहरु आफ्ना प्रेमिका र पत्नीलाई यी कार्यहरुमा फरक दृष्टिले हेर्ने गर्छन।