एजेन्सी : सामान्यतया: जब तपाई कुनै कोलोनीमा प्रवेश गर्नुहुन्छ तब त्यहाँ तपाईले घरबाहिर स्कुटर, बाइक र कार देख्नुहुनेछ। तर आज हामी तपाईलाई एक यस्तो गाउँको बारेमा बताउँछौं जहाँ हरेक घर बाहिर स्कूटर, बाइक या कार नभई एरोप्लेन हुन्छ। यो अनौठो गाउँ अमेरिकामा रहेको छ।
विश्वको सबैभन्दा पहिलो एयरपार्क क्यालिफोर्नियाको फ्रेस्नोमा बनाईएको थियो। यसलाई सियरा स्काई पार्क नाम दिइएको थियो। यसको निर्माण सन् १९४६ मा भएको थियो। हालै सामाजिक सञ्जालमा एक एयरपार्क कोलोनी निकै भाइरल भईरहेको छ। एक टिकटक युजरले यस कोलोनीको एक भिडियो शेयर गरेका छन्। भिडियोमा यस कोलोनीको हरेक घर बाहिर स्कूटर या कारको सट्टा एक एरोप्लेन पार्क गरिराखेको देख्न सकिन्छ।
अमेरिकामा कैयन् एयरपार्क्स छन्। तिनलाई बनाउनु पछाडी एक खास कारण छ। दोस्रो विश्वयुद्धमा अमेरिकामा पाइलटको आँकडा लगभग चारलाख भन्दा बढी थियो। जब युद्धविराम भयो तब कैयन् प्लेन प्रयोगविहीन हुन् थाले। यसकारण अमेरिकाको ‘द सिभिल एरोनाटिक्स एडमिनिस्ट्रेसन’ ले आवासीय कोलोनी बसाएर एयरपार्कको निर्माण गर्यो। त्यसपछि खाली भएका एयरस्ट्रिप्समा रिटायर्ड मिलिट्री पायलटलाई राख्यो ।
एयरपार्क वाला यो कोलोनी फ्लाई-इन कम्युनिटिजको नामले पनि चिनिन्छ। यहाँ हरेक घर बाहिर शानसँग एक हवाईजहाज राखिएकोछ । यो कोलोनी हवाईजहाज राख्न मिल्ने हिसाबले नै बनाईएको थियो। यो कोलोनीको लम्बाई र चौडाई अत्यन्तै धेरै राखिएको थियो ताकि प्लेनले एक-अर्कासँग नठोक्किइकन उडान भर्न सकोस्।
सामाजिक सञ्जालमा यो अनौठो कोलोनी तीव्र गतिमा भाईरल भईरहेको छ। हरेकको घर बाहिर एरोप्लेन प्लेन देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरु दङ्ग परेका छन्।