काठमाडौँ : दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्त पर्दामा देखिने बित्तिकै दर्शकहरुमा उत्साह भरिन्छ। १२ डिसेम्बर सन् १९५० मा बेंगलुरुमा जन्मिएका रजनीकान्तको क्रेज यस्तो छ कि उमेरले ७१ वर्ष भए पनि उनले अहिलेका नयाँ युवाहरुलाई कडा टक्कर दिईरहेका छन्। बक्स अफिसको मामिलामा होस् या फ्यान फलोईङको दुवैमा उनी अगाडी नै छन्।
रजनीकान्तलाई साउथ फिल्मको भगवान मानिन्छ। जब उनको कुनै नयाँ फिल्म रिलिज हुन्छ तब फ्यानहरु उनको फिल्मको पोस्टरमा दूधले अभिषेक गर्छन्। उनको फिल्म रिलिज हुँदा चाडपर्व जस्तो माहोल बन्छ। रजनीको लागि फ्यान्सको प्रेमको असर उनको फिल्मको क्लाइमेक्समा पनि हुन्छ।
वास्तवमा रजनीकान्तका फ्यान्स उनी पर्दामा मरेको हेर्न चाहँदैनन्। यसकारण चलचित्र निर्माता उनलाई फिल्ममा मार्नको लागि डराउँछन्। चलचित्र निर्माताहरु आफ्नो फिल्मको लागि कुनै पनि खतरा मोल्न चाहँदैनन्। यसैकारण उनी पर्दामा सधैं अमर छन्।
जब रजनीकान्त पर्दामा देखिन्थे, तब दर्शक पर्दामा सिक्का फ्याँक्न सुरु गर्थे। धेरै पटक यस्तो पनि भयो कि सबै दर्शकले एकैपटक सिक्का फ्याँकेकै कारण हलको पर्दा बिग्रियो। त्यस पछि यस कुरालाई मध्यनजर गर्दै अहिले भारतका अधिकांस हलहरुमा सिक्का लैजान निषेध गरिएको छ।
रजनीकान्त एक मात्र यस्ता अभिनेता हुन् जसको फिल्म चाहे हिट होस् या फ्लप उनको लोकप्रियतामा कुनै असर पर्दैन्। रजनीकान्तको स्टाइल सबैभन्दा फरक छ। उनी आफ्नो फिल्ममा जे गर्छन्, त्यहीं नै ट्रेन्ड बन्छ। जस्तो कि चस्मालाई हावामा फ्याँकी लगाउनु। सन् २०१८ मा रजनीकान्तको फिल्म ‘२.०’ रिलिज भएको थियो। यो फिल्मले पनि बक्स अफिसमा तहल्का मच्चाएको थियो । एजेन्सी