काठमाडौँ । बलिउडका प्रसिद्ध केही कलाकारले शरीरका विभिन्न अंगको बिमा गराएका छन् । घाँटी, आवाज, मुस्कान, नितम्ब आदि बिमा गराएका छन् ।
अभिताभ बच्चन
बलिउडका ‘बिग बी’ अमिताभले बच्चनको आवाज वजनदार मानिन्छ । उनले आफ्नो आवाजको बिमा गराएका छन् ।
प्रियंका चोपडा
‘देसी गर्ल’ प्रियंका चोपडाले आफ्नो मुस्कानको बिमा गराएकी छिन् । उनले जस्तो मुस्कान चाहनेले भारी रकम तिरेर सर्जरी गरेर त्यस्तो मुस्कान पाउन सक्छन् ।
नेहा धुपिया
‘पूर्व मिस इन्डिया’ तथा अभिनेत्री नेहा धुपियाले आफ्नो नितम्बको बिमा गराएकी छिन् । बिमा रकमबारे भने केही खुलाइएको छैन ।
मल्लिका शेरावत
अभिनेत्री मल्लिका शेरावतले आफ्नो सम्पूर्ण शरीरको बिमा गराएकी छिन् । उनले ५० करोड भारुको बिमा गराएकी छिन् ।
–सम्पूर्ण साप्ताहिकबाट