काठमाडौँ : बलिउड अभिनेत्री सन्नी लियोनीले अनस्क्रिन किस नगर्ने निर्णय लिएकी छिन्। चलचित्रमा अनुबन्धित हुनु अघि नै निर्मातालाई यस कुराको जानकारी दिने गर्छिन्। सन्नीले त किस गर्न छाडिन्, तर बलिउडमा केही यस्ता कलाकारहरु छन् जसले अहिलेसम्म अनस्क्रिन किस गरेका छैनन्।
सलमान खान

बहुप्रसिद्ध अभिनेता सलमान खान एक यस्ता कलाकार हुन् जसले अहिलेसम्म अभिनेत्रीको ओठमा किस गरेका छैनन्। कुनै स्क्रिप्टको डिमाण्ड या निर्देशकको हठले पनि उनको प्रतिज्ञा तोड्न सकेन। भीष्म प्रतिज्ञा जस्तो उनको यो कसम अहिलेसम्म टुटेको छैन।
सोनाक्षी सिन्हा

सलमानको हात समाई जब सोनाक्षी सिन्हाले चलचित्र क्षेत्रमा कदम राखिन् त्यतिबेला आफ्ना पिता शत्रुघ्न सिन्हासँग कहिल्यै पनि बिकिनी नलगाउने र चुम्बनको दृश्य नदिने कसम खाएकी थिईन्। आफ्नो गडफादर सलमान जस्तै यस मामिलामा उनको यो कसम पनि अहिलेसम्म टुटेको छैन।
अक्षय कुमार

खेलाडी कुमारले यस प्रकारका कुनै पनि कसम खाएका छैनन् तर उनी प्रकारबाट दृश्यबाट टाढै रहन चाहन्छन्। करियरको सुरुवाती चरणमा उनले ममता कुलकर्णी, प्रियंका चोपडा र करीना कपूरसँग यस प्रकारका दृश्य खिचाएका थिए तर अहिले उनी यस प्रकारका दृश्यबाट दूर रहनमै भलाई सोच्छन्। उनी सम्पूर्ण परिवारसहित हेर्न मिल्ने फिल्ममा काम गर्न चाहन्छन्, यसकारण फिल्मको निर्माता-निर्देशकलाई यस प्रकारका दृश्य नराख्न सुझाव दिन्छन्।
प्राची देसाई

प्राची देसाईले यस्तो कसम चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि नै खाएकी थिईन्। यसै कारण उनले आफ्नो करियरमा नोक्सानी पनि व्यहोर्नु परेको थियो तर उनले सम्झौता कहिल्यै गरिनन्। एजेन्सी
