साउथको चर्चित अभिनेत्री शकीला निकै राम्रो अभिनेत्री हुन्। किनकी उनले आफ्नै मान्छेको कारण जीवनमा धेरै दुख भोगेकी छन्। शकीलाले कहिले पैसा कमाउनको लागि आमाले वे’श्या बन्न बाध्य बनाइन भने कहिले दुनियाको भनाईले उनलाई जिन्दगी जिउन कठिन बनायो।

शकीलाले २० वर्षको उमेरमा सफ्ट पो’र्न फिल्म ‘प्लेगर्ल’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन्। फिल्ममा शकीलाले सपोर्टिङ्ग अभिनेत्रीको भूमिका निभाएकी थिइन्। चेन्नईमा जन्मिएकी शकीलाको बाल्यकाल गरिबीमा गुज्रियो ।

शकीलाले ६ कक्षासम्म मात्र अध्ययन गरेकी छन्। शकीला अहिले साउथ फिल्ममा एक्टिभ छिन्। उनले मलयालम, तमिल, तेलुगु र कन्नड फिल्ममा काम गरिसकेकी छन्।

उनले २००० सालमा मलयाली भाषामा आएको फिल्म ‘किन्नर थुंबिकल’ मा काम गरेकी थिइन् । यस फिल्मले शकीलालाई यति चर्चित बनायो कि त्यस फिल्मलाई धेरै भाषामा डब गरेर रिलीज गरियो। यस फिल्मबाट शकीलाको पहिचान बनेको थियो। एड’ल्ट एक्ट्रेसको रुपमा उनले अहिलेसम्म २५० भन्दा पनि धेरै फिल्ममा कम गरिसकिन्।

शकीलाले स्मिताको कुरामा लागेर एडल्ट फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । उनले आफ्नो ६ भाई-बहिनी र आमालाई पाल्नु पर्थ्यो। फिल्म इंडस्ट्रीमा नाम कमाएपछि उनले आफ्नो अटोबायोग्राफी लेखिन् जुन मलयाली भाषामा छापिएको थियो। यस किताब अनुसार सानै उमेरमा शकीलालाई एक व्यक्तिले रे’प गरेको थियो। त्यस व्यक्तिले शकिलाको आमालाई त्यस बापत पैसा दिएका थिए।

एक इन्टरभ्युमा शकीलाले यस बारेमा यस्तो भनेकी थिइन्, ‘म आफ्नो आमासँग तबसम्म रहे जबसम्म उहाँ जिउँदो हुनुहुन्थ्यो। आमाले भन्नुभयो कि उनको धेरै छोराछोरी छन्, जसको उहाँले पालणपोषण गर्नुपर्छ।’ यसरी नै उनी यस दलदलमा फसिन्।

अभिनेत्री शकीलाले दुई दशकसम्म दक्षिण भारतीय ए’डल्ट फिल्ममा राज गरिन्। उनले तमिल, तेलुगु, मलयालम र कन्नड जस्ता कैयौँ फिल्ममा काम गरेकी छन्। अभिनेत्री ऋचा चड्ढाले शकीलाको बायोपिकमा काम गरेकी थिईन् र फिल्म रिलिज पनि भईसकेको छ ।

