‘जमाई राजा’ की नियाले रविलाई भनिन् बेस्ट किसर, पत्नी सरगुनले दिईन् यस्तो प्रतिक्रिया

एजेन्सी : टिभीको लोकप्रिय अभिनेत्री निया शर्मा(Nia Sharma) अहिले एक बयानको कारण खास चर्चामा छिन्। हालै एक इभेन्टमा नियाले आफ्नो को-एक्टर रवि दुबे(Ravi Dubey) बारे मजेदार बयान दिएकी छिन्। ‘जमाई २.०’ मा काम गरिरहेकी नियाले इभेन्टमा को-एक्टर रवि दुबेलाई बेस्ट किसर बताइन्। मनमा लागेको कुरा खुलस्त भन्ने उनको यो बानीअहिले चौतर्फी चर्चाको विषय बनेको छ। त्यस्तै रवि दुबेकी पत्नी तथा पञ्जाबी फिल्मका लोकप्रिय अभिनेत्री सरगुन मेहताले यसबारे आफ्नो प्रतिक्रिया दिएकी छिन्।

खासमा अहिले निया र रवि वेब सिरिज ‘जमाई २.०’ मा एकसाथ काम गरिरहेका छन्। यी दुईबीच यस सिरिजमा थुप्रै इन्टिमेट सिन छन्। यति मात्र नभई दुवैले किसिङ सिनको रोमान्सलाई एक कदम अगाडी बढाउँदै अण्डर वाटर किसिङ सिन पनि दिएका छन्। बेस्ट किसरको रुपमा चौतर्फी चर्चा भएपछि रवि दुबेले आफ्नो पत्नीको प्रतिक्रिया मिडियालाई बताएका छन्। रविका अनुसार नियाको यस बयानमा उनकी पत्नी सकारात्मक छिन्, किनकी उनी एक राम्रो को-स्टार हुन्।

भारतीय मिडियासँग बोल्दै रवि दुबेले भने, ‘नियाको कुरा सुनेर म एकछिन त छक्क परे। मलाई निया निकै मन पर्छ, यो कुरा उनलाई पनि थाहा छ। मैले मात्र हैन मेरी पत्नी सरगुन पनि नियालाई निकै मन पराउँछिन्। हामी त्यो भिडियो हेरेर खुब हाँस्यौं किनकी मलाई र सरगुनलाई राम्रोसँग थाहा थियो कि यस्तो कुरा सिर्फ नियाले गर्न सक्छिन्।’

रविले फेरी पनि भने, ‘नियाले जे भनिन् ती सबैलाई म उनको कम्प्लिमेन्ट मान्छु। यसमा कुनै गलत या खराब नियत छैन।’  ‘जमाई २.०’ पपुलर टिभी शो ‘जमाई राजा’ को सिक्वेल हो। यसलाई ओटिटी प्लाटफर्ममा रिलिज गरिने तयारी छ।

प्रकाशित : शुक्रबार, फागुन १४, २०७७१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘भारतीय माइकल ज्याक्सन’ को नामबाट प्रख्यात प्रभुदेवा बारे १० गुमनाम तथ्यहरुले छक्क पार्नेछ तपाईलाई