‘भारतीय माइकल ज्याक्सन’ को नामबाट प्रख्यात प्रभुदेवा बारे १० गुमनाम तथ्यहरुले छक्क पार्नेछ तपाईलाई

एजेन्सी : भिन्न-भिन्न नृत्यको प्रकारमा महारत प्राप्त प्रभु देवा भारतीय माइकल ज्याक्सन भनेर पनि चिनिन्छन्। उनी माइकल ज्याक्सनलाई आफ्नो प्रेरणाको स्रोत मान्छन् । उनको जन्म ३ अप्रिल १९७३ मा भारतको कर्नाटकको मैसूरमा भएको थियो। प्रभु देवाको बारेमा केही खास तथ्यहरु…

१. प्रभु देवाले भारतीय शास्त्रीय नृत्य भरतनाट्यम् सिकेका छन्।
२. प्रभु देवाको पूरा नाम प्रभु देवा सुन्दरम हो।
३. उनका पिता मुगुर सुन्दरम दक्षिण भारतीय फिल्मका चर्चित कोरियोग्राफर रहिसकेका छन्।


४. प्रभुका दुई भाई राजु सुन्दरम र नागेन्द्र प्रसाद पनि डान्स मास्टर हुन्।
५. प्रभुले तमिल फिल्म ‘मोउना रागम’ बाट सिनेमजगतमा कदम राखेका थिए। यस फिल्ममा उनले बाँसुरी बजाउने युवकको भूमिका निभाएका थिए।
६. उनले कोरियोग्राफरको रुपमा पहिलो पटक कमल हासनको फिल्म ‘वेत्री विजा’ ब्रेक पाएका थिए।


७. प्रभु देवाले बलिउड फिल्म ‘हम से है मुकाबला’ मा त्यतिबेला अपार सफलता पाएकी अभिनेत्री नगमासँग डान्स गरी तहल्का मच्चाएका थिए। यहीँ गीतपछि उनी ‘भारतीय माइकल ज्याक्सन’ भनेर चिनिन् थाले।
८. अहिलेसम्म प्रभु देवाले करिब १०० भन्दा बढी फिल्महरुमा काम गरिसकेका छन्।
९. उनले ऋतिक रोशनको फिल्म ‘लक्ष्य’ र तमिल फिल्म ‘मिनसारा कानावु’ को लागि दुई पटक बेस्ट कोरियोग्राफरको राष्ट्रिय पुरस्कार पाईसकेका छन्।


१०. प्रभुदेवाले तमिल, तेलुगु र हिन्दी फिल्ममा निर्देशन पनि गरेका छन्। प्रभुले ‘वान्टेड’, ‘राउडी राठौर’, ‘रमैया वस्तावैय्या’ र ‘एक्सन ज्याक्सन’ जस्ता फिल्मका निर्देशन गरेका छन्।

प्रकाशित : शुक्रबार, फागुन १४, २०७७१३:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रियंका, कट्रिना भन्दा पनि बढी सुन्दर र हट छन् यी भोजपुरी अभिनेत्री