एजेन्सी : बलिउड अभिनेत्री दिशा पटानी (Disha Patani) को सुन्दरता र हटनेसको चर्चा त खुबै हुने गर्छ। तर के तपाईलाई थाहा छ उनको एक दिदी पनि छिन्, जो फिल्मी दुनियाँबाट टाढा छिन् र आफ्नो देश भारतको रक्षा गरिरहेकी छिन्।
भारतीय सेनामा लेफ्टिनेन्टमा रहेकी खुशबू देशको सेवामा गईरहेकी छिन्। सेनामा भएको कारण खुशबू फिट पनि छिन्। खुशबू आफ्नो फिटनेस मेन्टेन गर्नको लागि वर्कआउटमा पनि निकै ध्यान दिन्छिन्। र प्राय: मुश्किल एक्सरसाइज गरिरहेको देख्न सकिन्छ।
खुशबू पटानी भारतीय सेनामा लेफ्टिनेन्टमा हुनुको साथ-साथै दिशाको अत्यन्तै खास साथी पनि हुन्। उनको एक भाई पनि छन्। पछिल्लो समय उनको इन्स्टाग्राममा आफ्नी बहिनीसँग मस्ती र वर्कआउट गरेको तस्बिर तथा भिडियोहरु निकै देखिन्छ।
खुशबू पटानीसँग एक आधिकारिक इन्स्टाग्राम पेज छ जसमा उनी आफ्नो तस्बिर र वर्कआउटको भिडियो शेयर गरिरहन्छिन्। यसमा उनका लाखौँ फलोअर्स छन्। उनी आफ्नो फिटनेस भिडियोले मानिसहरुलाई फिट रहनको लागि प्रोत्साहित गर्छिन्। र साथ-साथै खुशबूले आफ्नो वालमा इन्डियन आर्मीसँग सम्बन्धित पोस्टहरु पनि देख्न सकिन्छ।