एजेन्सी : भारतमा महिनौँदेखि चलिरहेको किसानको आन्दोलनलाई हलिउड अभिनेत्री तथा प्रसिद्ध गायिका रिहानाले केही दिन अघि सामाजिक सञ्जाल ट्विटरबाट समर्थन गरिन्। त्यसपछि भारतमा उनको खुबै चर्चा र आलोचना भयो। रिहानाको ट्विटमा केही बलिउडका कलाकारहरुले समर्थन जनाउँदै प्रतिक्रिया दिए भने केहीले उनको आलोचना गरे। उनको ट्वीटपछि भारतमा किसान आन्दोलनले विवादको रुप लियो। पप गायिका रिहानाले किसान आन्दोलनलाई समर्थन गर्दै लेखेकी थिईन् – ‘हामी यसबारे किन बोलिरहेका छैनौँ ?’
उनको यस ट्वीट पछि भारतको किसान आन्दोलन अन्तर्राष्ट्रिय स्तरमा चर्चित भएको थियो। अहिलेसम्म त्यो त्यो विवाद शान्त भईसकेको छैन रिहानाले फेरी अर्को विवाद खडा गरेकी छिन्। यसपटक उनले हिन्दु धर्मको आस्थामा आहत पुर्याउने काम गरेकी छिन्।
हालै रिहानाले आफ्नो एक ट,-प-ले,”स तस्वीर सार्वजनिक गर्दै ट्विटरमा चर्चा बटुलिरहेकी छिन् । रिहानाको तस्वीर भारतमा निकै चर्चामा छ । तस्बिरमा उनी ट,,-प,,-ले–स छिन् र घाँटीमा गणेशको मूर्तिको लकेट लगाएकी छिन्। यस पोस्ट पछि सामाजिक सञ्जालमा तहल्का मच्चिएको छ। शरीरको कम्मरभन्दा माथि उनले कुनै लुगा नै लगाएकी छैन र हातले वक्षस्थल छोपेकी छिन्।
भारतीय प्रयोगकर्ताहरुले उनको नराम्री ट्रोल गरिरहेका छन्। उनले सिधा-सिधा हिन्दु धर्मका अनुयायीहरुका भावनामा ठेस पुर्याउने खालको हर्कत गरेको भन्दै उनको कडा आलोचना भईरहेको छ।
भारतीय कट्टर हिन्दुपन्थीहरुले हिन्दु धर्ममाथि नै प्रहार गरेको भन्दै उनको ट्विटर एकाउन्ट बन्द गर्न र तस्वीर हटाएर माफी माग्नुपर्ने माग समेत गरेका छन् ।
when @PopcaanMusic said “me nuh wan ya wear no lingerie tonight fa me girl” @SavageXFenty pic.twitter.com/bnrtCZT7FB
— Rihanna (@rihanna) February 15, 2021