भागरथीको प्रकरणमा एक सरकारी कर्मचारीसहित तीनजना नियन्त्रणमा

प्रहरीले बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टको ब-/ला-/”त्का–र र ह/-‘त्या प्रकरणमा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। तीनजनामध्ये एक सरकारी कर्मचारी छन्। ती सरकारी कर्मचारीलाई प्रहरीले मंगलबार दिउँसो कञ्चनपुरको महेन्द्रनगरबाट नियन्त्रणमा लिएर बैतडी लगेको छ। शंकास्पद ती कर्मचारीसमेत नियन्त्रण्मा लिइएका अन्यको विवरण प्रहरीले खुलाएको छैन। यो खबर नागरिकमा छ।

‘हामीले ब-/ला-/”त्का–र र ह/-‘त्यामा संलग्न भएको आशंकामा एकजनालाई महेन्द्रनगरबाट नियन्त्रणमा लिएका छौं तर अनुसन्धान जारी रहेकाले यसै भन्न सकिने अवस्था छैन’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने। ती अधिकारीका अनुसार यस घटनामा अन्य दुईजना शंकास्पद व्यक्ति पनि पक्राउ परेका छन्। बैतडी प्रहरी र सुदूरपश्चिम प्रहरीले अनुसन्धान गरिरहेकाले विवरण खुलाउन नमिल्ने ती अधिकारीले बताए। ‘एक प्राविधिक सहायकस्तरका कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको छ’, स्रोतले भन्यो। प्रहरीले कर्मचारीसहित तीनजनालाई नियन्त्रणमा लिएको भए पनि अनुसन्धान भइरहेकाले थप केही खुलाउन नमिल्ने स्रोतले बतायो।

सुदूरप्रश्चिम प्रदेश प्रहरी स्रोतका अनुसार घटनाका बेला घटनास्थलवरिपरि देखिएका र केही दिनदेखि सोही स्थानबाट हराइरहेका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो। ‘ती व्यक्तिको सञ्चार सिग्नल घटनाका बेला घटनास्थलवरिपरि देखिएको र केही दिनदेखि गाउँबाट हराएकाले शंका लागेर अनुसन्धान सुरु गरेका छौं’, स्रोतले भन्यो। स्रोतका अनुसार पक्राउ परेकामध्ये एक कर्मचारी भएकाले पनि प्रहरीले थप अनुसन्धान नगरी नाम सार्वजनिक गर्न नसकेको हो। पक्राउ परेका ती व्यक्तिले अपराध अस्वीकार गरेका छन्।

प्रकाशित : बुधबार, फागुन ०५, २०७७०८:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भागरथी प्रकरण : पारिवारिक रिसईबीका कारण घर फर्कदा ह,-त्या गरेको स्वीकार