भागरथी प्रकरण : पारिवारिक रिसईबीका कारण घर फर्कदा ह,-त्या गरेको स्वीकार

बैतडी, फागुन ५ गते । भागरथी भट्टको ब,’\-ला,-त्का,-‘र तथा ह,-‘त्याप्रकरणमा प्रहरीले गाउँकै एक छिमेकीकिशोरलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्ने किशोर दिनेश भट्ट रहेका छन् ।

मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्लाप्रहरी कार्यालय ल्याईएको छ । किशोरलाई आजै सार्वजनिकगरिने प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतकाअनुसार ती किशोरले विद्यालयबाट घर फर्कदा भागरथीको ब,-ला,-त्का,-र र ह’;त्या गरेको स्विकारी सकेका छन् ।

ह,-त्या र ब,-ला,-त्का,-र प्रकरणमा समातिएका किशोर भागरथी अध्ययनरत सनतान धर्म माविकै विद्यार्थी हुन् । पारिवारिक रिसईबीका कारण भागरथीको ह,-त्या गरेको ती युवाले प्रहरी समक्ष बयान दिएका छन् । पक्राउ परेका किशोरको गतिविधि शंकास्पद रहेको भागरथीका आफन्त शिवराज भट्टले बताउनुभयो ।

शिवराजले भन्नुभयो, “ सँगै पढ्ने अन्यविद्यार्थीले जसरी भागरथीका बारेमा खुलेर बताएकाथिए, पक्राउ परेका दिनेशले घुमाएर कुरा गर्न थालेको थियो । शंकास्पद गतिविधि थियो । भागरथीभन्दा कान्छो हो ।कक्षा ११मा पढ्ने केटो हो । म अहिले जिल्लाप्रहरी कार्यालय पुगेको छु । बाँकी प्रहरीले विस्तृत कुरा सार्वजनिकगर्ने छ ।”

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी१७वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकी थिईन् । भागरथीको शब भोलि पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलम ाफेला परेको थियो ।

प्रकाशित : बुधबार, फागुन ०५, २०७७०९:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देउवाले पोखे आक्रोश : ‘ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?’