काठमाडौँ : फेब्रुअरी महिना प्रेमिल जोडीहरुका लागि अत्यन्तै खास मानिन्छ। प्रेमिल जोडीहरुका लागि यो महिना कुनै फेस्टिवल सिजन भन्दा कम हैन। हरेक वर्ष १४ फेब्रुअरीमा भ्यालेन्टाईन डे मनाइन्छ। तर प्रेमको यो पर्वको सुरुवात ७ फेब्रुअरीको रोज डे देखि नै हुन्छ। आज कपल्स एक अर्कालाई गुलाब दिएर आफ्नो भावना पोख्छन्। गुलाबका धेरै रङ्गका हुन्छन् र हरेक रङ्गका अलग अर्थ तथा विशेषता हुन्छ। अलग-अलग रङ्गका गुलाबले अलग किसिमका भावना व्यक्त गर्दछ। गुलाबको हरेक रङ्गको मतलब के हुन्छ त ?
रातो गुलाब – सबैलाई थाहा भएकै कुरा हो रातो रङ्ग प्रेमको प्रतीक हो र रातो गुलाबले पनि यसै भावनालाई दर्शाउँछ। यदि तपाई कसैलाई प्रेम गर्नुहुन्छ या कसैलाई आफ्नो प्रेम व्यक्त गर्न चाहनुहुन्छ भने तिनलाई रातो गुलाब दिएर आफ्नो फिलिङ्स शेयर गर्न सक्नुहुन्छ।
पहेलो गुलाब – पहेलो गुलाब मित्रता, खुशी र नयाँ सुरुवातको प्रतीक हुन्छ। यस रोज डे आफ्ना साथीलाई पहेलो रङ्गको गुलाब दिन् सक्नुहुन्छ। तपाई यदि कसैसँग दोस्ती गर्न चाहनुहुन्छ भने पहेलो रङ्गको गुलाब दिएर एक नयाँ दोस्तीको सुरुवात गर्न सक्नुहुन्छ। यो गुलाब दिएर तपाईले कसैलाई स्वास्थ्य लाभ कामना पनि गर्न सक्नुहुन्छ।
पिंक गुलाब – पिंक गुलाब खुशीयाली, नम्रता र सभ्यताको प्रतीक हुन्छ। तपाईलाई यदि कुनै व्यक्तिको कुनै खुबी मन पर्यो या तपाई कसैलाई धन्यवाद ज्ञापन गर्न चाहनुहुन्छ भने पिंक गुलाब दिएर तपाई आफ्नो मनका कुरा खोल्न सक्नुहुन्छ। यदि तपाई कसैलाई मन पराउनुहुन्छ भने तिनलाई पिंक गुलाब दिन् सक्नुहुन्छ। यस बाहेक आफ्नो बेस्ट फ्रेन्ड या भावी जीवनसाथीलाई पनि गुलाब दिन सक्नुहुन्छ।
ओरेन्ज गुलाब – ओरेन्ज गुलाबले उत्साह र फूर्तिपनलाई दर्शाउँछ। यदि तपाई कुनै खास व्यक्तिलाई भित्रैबाट मन पराउनुहुन्छ भने तपाई ओरेन्ज गुलाब दिएर आफ्नो भावना व्यक्त गर्न सक्नुहुन्छ।
सेतो गुलाब – सेतो रङ्गको गुलाब पवित्रता, निर्बोधता र शान्तिको प्रतीक हो। कसैसँग माफी माग्न चाहनुहुन्छ भने सेतो गुलाब दिएर सम्बन्धको नयाँ सुरुवात गर्न सक्नुहुन्छ। कसैलाई शुभकामना दिनको लागि सेतो गुलाब दिन सक्नुहुन्छ।
ल्यावेन्डर गुलाब – यो गुलाबले आकर्षणको भावना व्यक्त गर्छ। ‘लव एट फर्स्ट साइट’ यानी कसैलाई देख्नेबित्तिकै प्रेम भएमा यो गुलाब दिन सक्नुहुन्छ। तर यो रङ्गको गुलाब भेट्टाउँन् त्यति सहज भने छैन।
कालो गुलाब – ल्यावेन्डर गुलाब जस्तै कालो रङ्गको गुलाब सहजै जताततै पाइदैन .कालो रङ्गको गुलाब दुश्मनीको प्रतीक हो र यो दिँदा मानिसहरुबीच घृणा बढ्छ। प्राय: मानिस बदलाको भावनामा यो गुलाब आफ्नो शत्रुलाई पठाउँछन्।