तपाईको स्वभावमा पनि यी ३ चीज छन् भने आजै बदल्नुहोस्, अन्यथा बर्बादी निश्चित छ !

आचार्य चाणक्य एक विद्वान, कुशल रणनीतिकार र दूरदर्शी थिए। उनलाई आचार्य कौटिल्य र विष्णु गुप्ता भनेर पनि चिनिन्थ्यो। उनले चाणक्य नीति शास्त्र नामक अत्यन्त उपयोगी पुस्तक लेखेका थिए। यस पुस्तकमा उनले सफलताका लागि सुझाव र सूत्रहरू दिएका छन्। चाणक्य नीति शास्त्रमा सैद्धान्तिक ज्ञान भन्दा व्यावहारिक शिक्षाको बारेमा उल्लेख गरिएको छ। चाणक्य नीतिका अनुसार यदि तीन चीजहरू मानव स्वभावमा छन् भने व्यक्तिको बर्बादी निश्चित छ। आउनुहोस् यस बारे विस्तृत रूपमा जानौं-

आचार्य चाणक्यले भनेका छन्, “अहंकार, क्रोध र लोभले मानिसको क्षमतालाई खत्तम गर्छ।” चाणक्यको यो भनाइ सही र व्यावहारिक छ। जुन व्यक्तिमा यी तीन चीज हुन्छ, उसको नष्ट हुन धेरै समय लाग्दैन। यस्तो व्यक्तिको बुझ्ने र सोच्ने क्षमता नष्ट हुन्छ। चाणक्यका अनुसार जुन व्यक्तिमा अहंकार आउँछ, सबैभन्दा पहिले उसको बोल्ने शैलीमा परिवर्तन आउँछ। जब क्रोध आउँछ, उसको बुद्धिले काम गर्दैन र नकारात्मक चीजहरू उसको मुख र कार्यबाट बाहिर आउँछ। जबकि लोभले मानिसलाई कुनै पनि सीमा पार गर्न बाध्य पार्छ।

यस्तो व्यक्ति न त कसैलाई प्यारो हुन्छ न त उसलाई समाज र परिवारको समर्थन हुन्छ। यस्तो व्यक्ति आफ्नो जीवनमा एक्लो हुन पुग्छ। यस कारणले, कुनै पनि व्यक्तिले कहिल्यै पनि यी तीन चीजहरू आफ्नो स्वभावमा ल्याउनु हुँदैन।

यसका साथै आचार्य चाणक्यका अनुसार छल वा कपटका साथ पैसा कमाउने मानिससँग लामो समयसम्म पैसा टिक्दैन। यस्ता व्यक्तिहरू सधैं समस्याहरूले घेरिएका हुन्छन् र छिटै नै उनीहरुको आर्थिक जीवन बर्बाद हुन्छ।

प्रकाशित : आइतबार, माघ २५, २०७७१५:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पानी समेत निल्न नसकेर ओकल्नु पर्यो, एक्सरे गर्दा जे देखियो होश उड्यो !