एजेन्सी : भारतीय कालजयी निर्देशक एसएस राजामौली(SS Rajamouli) ले जनवरी २०२१ मा आफ्नो निर्देशकमा बनेको फिल्म आरआरआर (RRR) आउँदो १३ अक्टोबरमा रिलिज हुने घोषणा गरेका थिए। यस फिल्ममा जूनियर एनटीआर (Jr. NTR) र राम चरण (Ram Charan) दुवै एकसाथ पर्दामा देख्न पाइनेछ। उनको यस घोषणाले भारतको उत्तर र दक्षिणको फिल्म बिजनेसमा अचानक उत्साह बढाएको छ।
एसएस राजामौलीले बाहुबली-२ (Bahubali 2) को ऐतिहासिक सफलतापछि यो फिल्म बनाएका हुन्। बाहुबली भारतीया सिने जगतको सबैभन्दा ब्लकबस्टर फिल्म हो। यो पिरियड ड्रामामा तेलुगु फिल्म इन्डस्ट्रीका दुई सुपरस्टार जूनियर एन्टीआर र राम चरण पहिलो पटक एक साथ पर्दामा देखिनेछन्।
भारतीय सञ्चार माध्यम पिंकभिल्लामा छापिएको खबर अनुसार १९०० को दशकमा सेट गरिएको यस फिल्मको निर्मातालाई थिएट्रिकल राइट्सको बदलामा वितरकहरुले अत्यधिक रकम अफर गरेका छन्। खबरअनुसार आरआरआर टीमलाई दक्षिणी राज्यका विभिन्न क्षेत्रका स्वतन्त्र वितरकले ३४८ करोड रुपैयाँ बराबरको प्रस्ताव गरेका थिए। यो तेलुगु सिनेमाको इतिहासको सबैभन्दा ठुलो डिल हो। यसले बाहुबली-२ को रिलिज अघि भएको बिजनेसलाई पछाडी पारेको छ, बाहुबलीले दक्षिणी राज्यमा लगभग २१५ करोड रुपैयाँ कमाई गरेको थियो।
३४८ करोड रुपैयाँको प्रस्ताव तमिल, तेलुगु, कन्नड र मलयालम संस्करणको लागि मात्र हो, जबकि हिन्दी संस्करण कमिसनको आधारमा एए फिल्म्सले जारी गर्नेछ। हिन्दी संस्करणबाट निर्देशकले आशा पनि धेरै राखेका छन् र अधिकार लगभग १०० करोड रुपैयाँ हुनेछ। आरआरआरको विदेशी अधिकारलाई पहिले नै ७० करोड भारतीय रुपैयाँमा फार्स फिल्म्सलाई बेचिसकेको छ।
दक्षिणमा क्षेत्रअनुसार यतिमा बिक्यो राइट्स
निजाममा ७५ करोड
आन्ध्र प्रदेशमा १६५ करोड
तमिलनाडूमा ४८ करोड
मलयालममा १५ करोड
कर्नाटकमा ४५ करोड
यसरी यो आँकडा कुल ३४८ करोड रुपैयाँको हो। यो केही भाषाको मात्र हुन्। साथै टिमलाई बलिउडबाट पनि मोटो रकमको प्रस्ताव आईरहेको छ किनकी बलिउडका दर्शक पनि यो फिल्म हेर्न निकै उत्साहित छन्।
एनटीआर, राम चरण, अजय देवगन, आलिया भट्ट, समुथिरकानी र एलिसन डूडी सहित भारतीय सिनेमका अन्य लोकप्रिय कलाकारहरुका अभिनयमा बन्ने यो फिल्मको निर्देशन एसएस राजामौलीले गरेका हुन्। भारतमा एक्लै बक्स अफिसमा १४०० करोड पार गर्ने सबैभन्दा हिट भारतीय फिल्म बनाउने निर्देशकको रुपमा उनी चिनिन्छन्।
आरआरआर एक पिरियड एक्सन फिल्म हो, जुन प्रसिद्ध स्वतन्त्रता सेनानी कोमाराम भीम र अल्लूरी सीताराम राजूको युवा दिनको एक काल्पनिक वर्णन हो। बहुप्रतिक्षित यो फिल्म १३ अक्टोबरमा विश्वभर रिलिज हुनेछ। ‘आरआरआर’ एक अखिल भारतीय फिल्म हो, जुन डीवीवी दानय्या द्वारा डीवीवी इन्टरटेनमेन्ट ब्यानरमा बनाईएको यो फिल्म तेलुगु, हिन्दी, तमिल, मलयालम, कन्नड र अन्य थुप्रै भारतीय भाषाहरुमा रिलिज गरिनेछ।