एजेन्सी : रियालिटी टिभी तथा सोशल मिडिया स्टार किम कार्दशियनको अपार्टमेन्टमा पाँच वर्ष अघि ८ मिलियन पाउण्ड स्टर्लिङ(१२८ करोड नेपाली रुपैयाँ लगभग) बराबरको धनराशि चोरी भएको थियो। सन् २०१६ मा पेरिस फेशन वीकको बीचमा किमको अपार्टमेन्टमा अज्ञात समूह घुसेका थिए र उनलाई बन्दी बनाएका थिए। हालै यस चोरीमा संलग्न समूहका एक आरोपी चोरले किताब लेखी प्रकाशनमा ल्याएका छन्। ६७ वर्षीय युनिस अब्बासको यस किताबको नाम ‘आई किडन्याप किम ‘किम कार्दशियन’ हो।
युनिस ती १२ मानिसहरुमध्ये एक हुन् जो अपहरण तथा चोरी मुद्दामा पक्राउ परेका थिए। युनिसले आफूले यदि किम यति धेरै लोकप्रिय छिन् भन्ने थाहा भएको भए चोरीमा कुनै हालतमा सहभागी हुँदैन्थे। अब्बास एक ग्याङ ग्रान्ड ड्याड रबर्सका हिस्सा थिए। त्यस ग्याङमा सबै ६० देखि ७२ वर्ष बीचका मानिस थिए।
अब्बासका एक साथीले उनलाई चोरीमा भाग इच्छा छ कि छैन भनेका सोधेका थिए। उनका साथीले उनलाई चेतावनी पनि दिएका थिए कि जसको घरमा चोरी गर्न लागिएको हो तिनी अत्यन्तै लोकप्रिय स्टार हुन् र एक अमेरिकन र्यापरकी पत्नी पनि हुन्। अब्बासले किम नामको कुनै स्टारको नाम कहिल्यै सुनेका थिएनन्। उनलाई लाग्थ्यो कि कुनै कुरा आफूलाई थाहा छैन भने त्यो कुरा अरुलाई पनि थाहा हुँदैन।
यही कारण अब्बास लुटको हिस्सा बन्न तयार भएका थिए। जब उनले समूहमा किमको बिल्डिङमा कदम राखे तब उनलाई महसुस भयो कि साँच्चै नै यो एक ठुलो स्टारको घर रहेछ। उनले कहिल्यै सोचेका थिएनन् कि यति धनी महिलाको घरमा चोरी गर्नेछौं। अपार्टमेन्टभित्र प्रवेश गरेपछि अब्बासले किमलाई आक्रमण गरे र किमलाई बाँधेर बेडको बायाँतर्फ बसाए।
यद्यपि चोरीपछि किमले अन्तर्वार्तामा आफूलाई बाथरुममा लगेर बन्दी बनाईएको बताएकी थिईन्। यस बारेमा युनिस भन्छन् कि हुन् सक्छ किमले यस स्टोरीलाई बढाई-चढाई पेश गरेकी हुन् किनकी उनी शो बिजनेसमा छिन् र उनको लागि सबै चीजले मतलब राख्छ। युनिसले आफू किताबमा लेखेका छन् कि किम र उनका सेक्रेटरीले पटक-पटक ९११ डायल गर्ने कोशिश गरिरहेका थिए तर उनीहरु त्यतिबेला पेरिसमा थिए। पेरिसमा ९११ डायल गर्नुको कुनै औचित्य थिएन।
अब्बासले भने कि जब किमले अज्ञात समूह उनको हत्या गर्न नभई लुट्न मात्र आएको थाहा पाइन् तब उनले लुटेराहरुले भनेका सबै कुराहरु मान्न थालिन्। एएफपीसँगको कुराकानीमा चोरीमा संलग्न समूहका एकले लुट निकै चाँडो पूरा भएको थियो। इन्ट्री देखि एक्जिट सम्म सिर्फ ६-७ मिनेट लागेको थियो। कसैलाई हामीलाई कोशिस गरिरहेका थिएनन् र अपार्टमेन्टमा भएका मानिसले पनि बिना अवरोध हामीलाई गरगहना पैसा दिईरहेका थिए।
अब्बासले भने कि मैले चोरीपछि ढोका बन्द गर्ने कोसिस गरिरहेका थिए तब मैले गस्ती गरिरहेको प्रहरी देखे। मैले उनलाई स्यालुट गरे र तिनलाई कुनै पनि शङ्का लाग्न दिईन्। चोरीका लागि उनको समूहले प्रहरीको भेष प्रयोग गरेका थिए। फ्रेन्च पत्रिका ‘ले मोन्डे’ को रिपोर्ट अनुसार, यो डकैतीको प्लान किमको सोशल मिडिया पोस्ट हेरेर बनाईएको थियो। किमले आफ्नो ज्वेलरीको फोटो सोशल मिडियामा देखाउने गर्थिन्।