एजेन्सी : अमेजनका संस्थापक जेफ बेजोसले प्रमुख कार्यकारी अधिकृत(सिइओ) पद छोड्ने घोषणा गरेका छन्। दुनियाँको सबैभन्दा ठुलो बहुराष्ट्रिय प्राविधिक कम्पनीका मालिक जेफ बेजोसको जिन्दगी त्यति सरल भने थिएन्। तपाई यो कुरा सुनेर अचम्मित हुनुहुनेछ कि कुनैबेला जेफ बेजोस अमेजनमा किताब मात्र बेच्थे र एक ग्यारेजमा काम गर्थे। आफ्नो लगातार अथक प्रयासले अमेजनलाई सफल बनाई दुनियाँको सबैभन्दा धनी व्यक्ति बने। जेफ बेजोसको जिन्दगीसँग जोडिएका केही रोचक कुराहरुबारे चर्चा गरौँ।
जेफ बेजोसको जन्म न्यु मेक्सिकोमा र पालनपोषण हस्टनमा भएको थियो। सन् १९८६ मा उनले प्रिन्स्टन युनिभर्सिटीबाट ग्राजुयशन गरे। उनको परिवार मियामी, फ्लोरिडामा शिफ्ट भएपछि बेजोसले मियामी पामेटो हाईस्कुलमा अध्ययन गरे। वेबसाइट फास्ट कम्पनीमा प्रकाशित अन्तर्वार्तामा बेजोसले आफू हाइस्कुलमा हुँदा ब्रेकको समयमा म्याकडोनाल्डसमा एक शर्ट अर्डर लाइन कुकको रुपमा पनि काम गरेको बताएका थिए।
बेजोस हाईस्कुलमा नेशनल मेरिट स्कलर र सन् १९८२ मा सिल्वर नाइट अवार्डको विजेता थिए। आफ्नो स्नातकको भाषणमा बेजोसले भनेका थिए कि उनी त्यस दिनको सपना देखिरहेका छन् जब पृथ्वीका मानिस अन्तरिक्षलाई उपनिवेश बनाउनेछन्। सन् १९८६ मा उनले प्रिन्सटन विश्वविद्यालयबाट ४.२ ग्रेड पोइन्टसहित इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर साइन्समा ब्याज्लर डिग्री हासिल गरे।
त्यसपछि उनले सन् १९९४ मा अमेजनको सुरुवात गरे। पहिले यस कम्पनीको नाम केडेब्रा(Cadabra) थियो, जसलाई नाम परिवर्तन गरी अमेजन बनाईयो। जेफको एक साथीले कम्पनीको नाम केडेब्राको सट्टा केडेवर भनेर पढेका थिए।
सुरुमा किताब बेचेर अमेजनको सुरुवात गरिएको थियो। यो कामसँगै जेफ बेजोस ग्यारेजमा काम गर्थे। बिस्तारै अमेजनमा अरु सामानहरु पनि बेच्न थालियो।
यो सानो सुरुवातले बिस्तारै बिस्तारै अमेजन दुनियाँको सबैभन्दा ठुलो र सफल वेबसाइटको रुपमा स्थापित भयो। सन् २०१८ मा यस कम्पनीको नेथ वर्थ करीब ९०० बिलियन डलर थियो। त्यस्तै जेफ बेजोसको नेट वर्थ १५० बिलियन डलर छ।
यसरी जेफ दुनियाँको सबैभन्दा धनी व्यक्ति बने। जेफ बेजोसले सन् १९९४ मा विवाह गरेका थिए र अहिले उनका चार बच्चा छन्। सन् २०१९ मा जेफ र म्याकिन्जीको सम्बन्ध विच्छेद भएको थियो। अहिले जेफ आफ्नी गर्ल्डफ्रेन्ड टेलिभिजन होस्ट लरेन सान्चेजसँग विवाह गर्ने तयारीमा रहेको खबर छ।