पहिलो पटक समुन्द्र देख्दा खुशीले पुलकित भयो हात्तीको बच्चा ‘छावा’

एजेन्सी : के तपाई कहिल्यै समुन्द्री तटमा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने पहिलो पटक सामुन्द्रिक तटमा पाइला राख्दा तपाईलाई कस्तो महसुस भएको थियो ? यदि अहिलेसम्म तपाई सामुन्द्रिक तटमा पुग्नुभएको छैन भने पहिलो पटक समुन्द्र देख्दा तपाईलाई कस्तो लाग्ला ? यस अनुभवलाई बयान गर्न सबैको लागि सरल छैन्। यद्यपि भिडियो तथा तस्बिर हेरेर थाहा पाउन सकिन्छ कि त्यो मान्छेले कस्तो महसुस गरिरहेका छन्। सामाजिक सञ्जालमा एक हात्तीको बच्चा ‘छावा’ को क्युट तस्बिर भाईरल भईरहेका छन्। यो हात्तीको बच्चा पहिलो पटक समुन्द्री तटमा पुगेको थियो। पहिलो पटक समुन्द्र देख्दा हात्तीको बच्चा जसरी खुशी भएर पुलकित भयो नि ती सबै खुशीका क्षणलाई क्यामरामा कैद गरिएको थियो र सामाजिक सञ्जालमा अपलोड गरिएको थियो।

यस हात्तीको बच्चाका क्युट तस्बिरहरु ट्वीटर युजर(@NaveedIRS) ले गत मङ्गलबार शेयर गरेका थिए। फोटो शेयर गरेर उनले लेखेका थिए – ‘सामुन्द्रिक तटमा यो हात्तीको बच्चाको पहिलो दिनले तपाईको अनुहारमा अवश्यै मुस्कान ल्याउनेछ।’

प्रकाशित : शुक्रबार, माघ २३, २०७७१८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

Rose Day : गुलाबको हरेक रङ्गको अर्थ यस्तो हुन्छ, पार्टनर-फ्रेन्डलाई कहिल्यै नदिनुहोस् यस्तो रङ्गको गुलाब