दक्षिण भारतीय फिल्म इंडस्ट्रीका चर्चित अभिनेता सूर्या शिवकुमार ४५ वर्षका भैसके। सूर्या शिवकुमार तमिल फिल्म इंडस्ट्रीमा सबैभन्दा बढी मनपराइने अभिनेतामध्ये एक हुन्। उनले थुप्रै तमिल फिल्ममा मुख्य भूमिका निभाएका छन्। फ्यानहरु उनको अभिनयको कायल छन्। सूर्य शिवकुमारको जीवनयात्रा निकै रोचक छ। आज हामी उनको जिन्दगीको यात्राको बारेमा कुरा गर्नेछौ:
फ्यानहरु माझ सिंघम नामबाट छन् चर्चित:

सूर्या शिवकुमार आफ्नो फ्यानहरु माझ सिंघम नामबाट चर्चित छन्। सूर्या साउथमा मात्रै नभई पुरै देशमा आफ्नो भूमिकाको कारण चर्चित र लोकप्रिय छन्। बताइएअनुसार सूर्या तमिल अभिनेता शिवकुमारका छोरा हुन्। त्यस्तै सूर्याको भाइ कार्थी पनि तमिल फिल्म इंडस्ट्रीमा एक ठुलो नाम हो। यसबाट नै स्पष्ट हुन्छ कि सूर्याको फ्यामिली फिल्मी ब्याकग्राउन्डबाट हुन्। सूर्याले आफ्नो परिवारको कदम पछ्याउँदै आफ्नो करियर पनि फिल्ममा नै बनाएका हुन्।
सूर्याले करियरको सुरुवातमा गरे मजदुरी:

परिवारको फिल्म इंडस्ट्रीसंग सम्बन्ध त थियो तर सूर्याले आफ्नो मेहनतको कारण इंडस्ट्रीमा नाम कमाएका हुन्। उनले आफ्नो करियरको शुरुवातमा एक कपडा फ्याक्ट्रीमा मजदुरको रुपमा काम गरे। कपडा कारखानामा काम गर्दा उनले आफ्नो पहिचान लुकाएका थिए कि उनि एक्टर शिवकुमारको छोरा हो। कपडा कारखानामा उनले महिनामा १ हजार पाउथे। उनले कपडा कारखानामा थुप्रै दिनसम्म काम गरे।त्यसपछि कारखानाका मालिकलाई सूर्या एक्टर शिवकुमारको छोरा हो भनेर थाहा भयो। त्यसपछि उनले काम छोडे र अभिनयको संसारमा आफ्नो कदम राखे।
यस फिल्म बन्यो सूर्याको करियरको टर्निंग प्वांइट:

सूर्याले २२ वर्षको उमेरमा फिल्ममा डेब्यु गरेका थिए। उनको पहिलो फिल्म ‘नेररूक्कू नेर’ १९९७ सालमा आएको थियो। हुनत यस फिल्मले ठुलो पर्दामा खासै कमाल गरेन तर सूर्याले हिम्मत भने हारेनन र उनले लगातार फिल्ममा काम गरिरहे । सूर्या एक यस्तो फिल्मको पर्खाइमा थियो जसले उनलाई पहिचान मिलोस। अन्तत त्यो फिल्म पनि यो जसको नाम ‘नंदा’ थियो। यस फिल्मबाट उनको स्टारडम बन्यो। ‘नन्दा’ फिल्मलाई उनको करियरको टर्निंग प्वांइट मानिन्छ। यसै फिल्मबाट उनले तमिलनाडु स्टेट फिल्म अवार्डमा बेस्ट एक्टरको टाइटल मिल्यो।

सूर्या अहिले साउथ फिल्म इंडस्ट्रीका महँगो कलाकार मध्ये एक हुन्। सूर्याले ११ सेप्टेम्बर २००६ मा अभिनेत्री ज्योतिकासंग बिहे गरेका थिए। यी दुईको पहिलो भेट १९९९ मा आएको फिल्म ‘ केत्तुप्पर’ को सेटमा भएको थियो। यस फिल्ममा दुवैले स्क्रिन शेयर गरेका थिए। यस जोडीका एक छोरा (देव) र एक छोरी (दिया) रहेका छन्।
