यी अभिनेत्रीले इभेन्टमा बेढंगको सर्वाङ्ग देखिने ड्रेस लगाएपछि…..

काठमाडौँ : बलिउड अभिनेत्री आफ्नो फेशनलाई लिएर एकदम सजग र सतर्क रहन्छन्। कुनै पनि कार्यक्रममा जाँदा अभिनेत्रीहरु स्टाइलिश ड्रेसमा गरगहना र मेकअपसहित सजिसजाउ भएर जान्छन्। फिल्म फेस्टिवल र ठुल्ठुला अवार्ड शोजमा फेशन डिजाइनरको ड्रेसमा सबैको नजर गाडिन्छ। कुन अभिनेत्रीले कस्तो ड्रेस लगाएका छन् यस कुरामा खुब ध्यान दिईन्छ। विदेशमा बलिउड सेलिब्रेटीको एकातिर खुब तारिफ हुन्छ भनेर अर्कोतिर ड्रेसको कारण मानिसहरुको ट्रोलको शिकार पनि हुनुपर्छ।

कट्रिना कैफले एकपटक कान्स फिल्म फेस्टिवलको समयमा ब्ल्याक कलरको लेस ड्रेस लगाएकी थिईन्। जुन पूर्ण रुपमा फ्लप भएको थियो। कट्रिनाको रातो कपालसँग उनको आउटफिट बिल्कुलै म्याच गरेको थिएन। यस लुकको कारण कट्रिना नराम्ररी ट्रोलको शिकार भएकी थिईन्।

कान्स फिल्म फेस्टिवलमा विद्या बालनले सब्याची मुखर्जीको लेहंगा चोली लगाएकी थिईन्। तर त्यसको कारण उनी नराम्रोसँग ट्रोल भएकी थिईन्। लाइट पिंक कलरको लेहंगामा विद्याले पूरा इन्डियन लुक दिएकी थिईन्। तर उनले शिरमा सल राखेको कारण हाँसोको पात्र भएकी थिईन्। विद्याको यो लुक मानिसहरुलाई बिल्कुलै मन परेको थिएन् ।

सन् २००९ मा दीपिका पादुकोणले लण्डनमा रेड कार्पेटमा आफ्नो अपियरेन्स दिएकी थिईन्। त्यतिबेला उनको अनौठो ड्रेस देखेर उनलाई चिन्न पनि मुश्किल भएको थियो। ड्रेसको कारण दीपिकाको पूरा लुक चौपट भएको थियो।

ऐश्वर्या राय कान्स फिल्म फेस्टिबलमा हरेक वर्ष आफ्नो अलग छाप छोड्छिन्। तर एकपटक ऐश्वर्याले इभेन्टमा यस्तो ड्रेस लगाएकी थिईन् जसको कारण उनी ट्रोलको पात्र भएकी थिईन्। ऐश्वर्याको ड्रेसमा हरेक त्यस्तो ठाउँमा प्वाल थियो जसले बिल्कुलै सुट गरेको थिएन।

मल्लिका शेरावतले क्लासी ड्रेस लगाउने चक्करमा सन् २००५ मा कान्स फेस्टिवलमा यस्तो ड्रेस लगाएकी थिईन् जसबाट उनको शरीरको भद्दा प्रदर्शन बढी भईरहेको थियो। मल्लिकाले यस्तो ड्रेसमा बिना मेकअप आफूलाई प्रस्तुत गरेकी थिईन्। मल्लिकाको यस लुकको खुब मजाक बनेको थियो।

प्रकाशित : शनिबार, माघ १७, २०७७१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउथ इन्डियन नायिकाहरु मेकअप बिना यस्ता देखिन्छन् ? हेर्नुहोस् तस्विर सहित