वास्तुशास्त्र: घरमा माकुराको जालो भए हुनेछ अशुभ, यस्तो समस्या भोग्नु पर्ने!

घर सुन्दर र स्वच्छ देखियोस भनेर हामी घरको सर-सफाईमा ध्यान दिने गर्दछौ । तर घरको छत र कुना-काप्चातिर भने हामी खासै ध्यान दिदैनौ । छत या कुना-काप्चा माकुराको बस्ने ठाउँ र जालो बुन्ने स्थान हुन्छ । प्रायजसो हामी जालो हटाउदैनौ । जसको कारण घरमा वास्तुदोष उत्पन्न हुने गर्दछ । धेरै मानिसहरुले मेहनत गरेर पनि फल प्राप्त नहुने, कमाएको धन बचत नभएको भन्ने कुरा हामीले सुन्ने गरेका छौ । यस्तो समस्याको कारण आफ्नो घर पनि हुनसक्छ । जसलाई हामीले खासै विचार गरेको हुदैनौ । यस्तै एक दोष छ घरमा लागेको माकुराको जालो ।

धार्मिक मान्यताअनुसार, घरमा लागेको माकुराको जालो अशुभको निशानी हो । वास्तु शास्‍त्रअनुसार माकुराको जालोले वास्तुदोष उत्पन्न गर्ने गर्दछ । ज्योतिषशास्‍त्र अनुसार माकुराको जालोले घरमा नकारात्मक ऊर्जालाई बढाउनुको साथै रोगहरुलाई पनि निम्तो दिने गर्दछ । घरको सदस्यमा सधै आलस्यता, छिटै रिसाउने स्वभाव, नकारात्मक विचार आउनुको पछाडी यो कारण पनि रहेको छ । ज्योतिषशास्‍त्रलाई मान्ने हो भने जुन घरमा माकुराको जालो लागेको हुन्छ त्यस घरमा बस्ने मानिसहरुको दिमाग ठीक प्रकारले काम गर्नेछैन । उनीहरु सधै जालो जस्तै उल्झनमा परि रहन्छन् । यसबाट सोच्ने र सम्झने  शक्ति पनि प्रभावित हुने गर्दछ । निर्णय लिने क्षमतामा पनि असर पर्नुको साथै पारिवारिक जीवनमा तनावको एक ठुलो कारण माकुराको जालो पनि रहेको छ । यसले परिवारको सदस्यलाई मानसिक रोगी पनि बनाउन सक्दछ ।

 

प्रकाशित : बुधबार, पुष ०५, २०७४१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्योतिषशास्त्र अनुसार हातको यो औलामा तामाको औठी लगाए यस्तो फाइदा!