ज्योतिषशास्त्रमा ग्रहको विशेष महत्व हुन्छ । ग्रहको चालबाट व्यक्तिको राम्रो-नराम्रो दिने आउने जाने गर्दछ । व्यक्ति आफ्नो ग्रह दोषलाई समधान गर्नको लागि कैयौ धातुको औठी लगाउने गर्दछन् । सबै ग्रहको भिन्दा-भिन्दै धातु हुने गर्दछ । सबै ग्रहको राजा सूर्य मानिन्छ र सूर्यको धातु भनेको तामा हो । सूर्य ग्रहसँग सम्बन्धित दोषलाई हटाउनको लागि मानिसहरु तामाको औठी लगाउने गर्दछन् । सूर्यलाई यश र सम्मानको प्रतीक मानिने गरिन्छ । त्यसैले तामाको औठी लगाउनाले व्यक्तिलाई समाजमा पद प्रतिष्ठा र सम्मानको प्राप्त हुने गर्दछ ।
कुण्डलीबाट सूर्य दोषलाई कम गर्नको लागि तामाको औठीलाई सधै रिंग फिङ्गर अर्थात् साईली औलामा लगाउनु पर्दछ । तामाको औठी लगाउनाले कुण्डलीको दोष सकिने त छ साथै तामाको औषधीय गुण हुनाले शरीरमा भएको तमाम विकार पनि हराएर जानेछ । जसरी तामाको भाडोमा राखिएको पानी पिउनाले हाम्रो स्वास्थ्य ठिक रहन्छ त्यसरी नै तामाको औठी लगाउनाले तामा लगातार छालासँग सम्पर्कमा रहने गर्दछ जसको कारणले छालाको चमक बढ्ने गर्दछ ।