शनिदेवलाई न्यायको देवता मानिन्छ । शनिदेवले व्यक्तिलाई उसको कर्मको अधारमा फल दिने गर्दछन् । ज्योतिषशास्त्रमा शनिलाई निकै शक्तिशाली ग्रह मानिएको छ र यो ग्रह सबै ग्रह भन्दा शुस्त चल्ने गर्दछ । आउने नयाँ वर्ष २०१८ मा यी राशिहरुमा शनिको छायाँ र प्रभाव पर्नेछ ।
मेष राशि: २०१८ मा शनि मेष राशिमा ९ औ घरमा रहने छन् । यो वर्ष मेष राशि भएको लागि राम्रो रहनेछ तर खर्च भने बढ्ने छ । मनमा व्यापार बढाउने सोच आउनेछ जसमा तपाईले सफलता प्राप्त गर्नु हुनेछ । सरकारी जागिर भएकाले लेनदेनमा सावधानी अपनाउनु पर्ने हुन्छ । परिवारको सदस्यसँग धेरै समय बित्ने छ । नयाँ वर्षमा यात्रा गर्नु हुनेछ । १८ अप्रिल देखि १९ सेप्टेम्बरको बीचमा शनि खडा स्थितिमा हुने हुनाले कुनैपनि कागजमा विचारै नगरी हस्ताक्षर गरे समस्यामा परिनेछ ।
वृष राशि: २०१८ मा शनि वृष राशि देखि ८ औ राशिमा रहने छ । यस वर्ष वृष राशि हुनेमा शनिको ढैय्या रहनेछ । व्यावसायिक हिसाबले यो वर्ष तपाइको लागि अत्यन्त सावधानी अपनाउनु पर्ने देखिन्छ । साथै २०१८ मा परिवार बीच मनमुटाव हुनेछ । यस वर्ष नयाँ सम्पति किन्ने योग कमै रहेको छ । यदि कसैले पुरानो सम्पतिलाई बेच्ने योग बनाईरहेको छ भने त्यसले तपाइलाई लाभ दिलाउने छ । नयाँ वर्षमा तपाइ कसैको जालमा पर्न सक्ने योग रहेको छ ।
मिथुन राशि: यस वर्ष मिथुन राशि भएकाहरुलाई शुभ साबित हुन गईरहेको छ । सातौं स्थानमा शनि हुनुको कारण तपाइको स्वास्थ्य राम्रो रहनेछ। व्यवसायमा सफलता प्राप्त हुनेछ। कुनै तेस्रो व्यक्ति तपाइको दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यस वर्ष तपाइको आर्थिक स्थिति राम्रो रहने छ । सानो लगानीले तपाइलाई यो वर्षभरि लाभ दिनेछ ।
कर्क राशि: यस राशि भएका मानिसहरुको लागि शनिदेव पूरै वर्ष शुभ फल दिनेछन् । छैटौ भावमा शनि हुनाले शत्रुको पराजय हुनेछ । आर्थिक नजरबाट यो वर्ष तपाइको लागि अनुकूल रहनेछ । आयको नयाँ श्रोत मिल्नेछ । तर तपाइको पुरानो रोगले पुरै वर्षसम्म दुख दिन सक्छ । सन्तानको तर्फबाट तपाइलाई शुभ समाचार मिल्नेछ । विदेश जाने मनोकामना पुरा हुन सक्छ ।