बिर्सिएर पनि नगर्नुस यी कुराको दान, हुनेछ अशुभ!

शास्त्रमा दान गर्नुलाई सबैभन्दा ठुलो पुण्यको काम मानिने गरिन्छ र यस्तो मान्यता रहेको छ कि दान गर्नाले व्यक्तिको कैयौ थरिका समस्याको अन्त्य हुने गर्दछ। साथै भगवानको आशीर्वाद पनि प्राप्त हुन्छ । तर धेरै मानिसले बिर्सेर यस्तो चिज पनि दान गर्छन जसले व्यक्तिलाई नोक्सान पुर्याउने गर्दछ । हाम्रो शास्त्रमा केहि यस्तो चिज छ जसको दान गर्नु महापाप हुने मानिएको छ । यस्ता छन् ति वस्तु :

-झाडूलाई माता लक्ष्मीको प्रतीक मानिने गरिन्छ । त्यसैले कहिले पनि झाडूको दान गर्नु हुदैन । यसो गर्ना ले माता लक्ष्मी रिसाउने गर्दछिन्।  जसको कारण सधै धन हानि हुन थाल्दछ ।

-बासी खाना कहिले कसैलाई दानको रूपमा दिनु हुदैन । कसैलाई बासी भोजनको दान गर्नाले घरको सदस्य बिमारी हुन थाल्छन् ।

-शास्त्रमा प्लास्टिक र स्टीलको भाडोको दान पनि अशुभ मानिएको छ । स्टीलको भाडो दान गर्नाले घरको शुख-शान्ति बिग्रिन्छ भने  प्लास्टिकको भाडो दान गर्नाले व्यापारमा घाटा लाग्न थाल्दछ ।

-जुन व्यक्तिको कुण्डलीमा शनिको दोष रहेको छ त्यस व्यक्तिले तेलको दान गर्नु शुभ मानिन्छ । तर  यदि तेल बिग्रिएको र  नराम्रो पर्यो भने त्यो अशुभ मानिन्छ ।

प्रकाशित : बुधबार, पुष ०५, २०७४१५:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बाँसको बासुरीले घरमा अशुभ हटाउने, यस्तो ठाउँमा राखे लाभ!