शरीरको हरेक भागका बारेमा गम्भीर हुन महत्त्वपूर्ण छ। किनभने जबसम्म हाम्रा शरीरका सबै भागहरू फिट हुँदैन तबसम्म तपाईले आफूलाई स्वस्थ राख्न सक्नुहुन्न । यदि तपाईको शरीरमा शंकास्पद लक्षणहरू देखा परेमा तपाईले यसलाई बेवास्ता गर्नु हुदैन। यहि कारणले गर्दा तपाई गम्भीर बिमारी हुन सक्नुहुन्छ। यस्तो अवस्थामा विभिन्न लक्षणहरूबाट सतर्क हुन आवश्यक छ। यसका लागी ती सङ्केतहरू पहिचान गर्न पनि सक्नु पर्दछ । हामी तपाईलाई शरीरसँग सम्बन्धित ५ ओटा यस्ता सङ्केतहरूका बारेमा बताउने छौ जसको माध्यमबाट सजिलै पहिचान गर्न सक्नुहुन्छ र समयमै यसबाट हुने खतराबाट बच्न सक्नुहुनेछ।
गीजाबाट रगत आउनु: यदि दाँत ब्रश गर्दा तपाईको गिजाबाट रगत आउन थाल्छ भने तपाईले बुझ्नु पर्छ कि शरीरमा भिटामिन सीको कमी छ। यो सुधार गर्न तपाईले खट्टे फल, पालक, हरियो र रातो खुर्सानी, क्याम्सिकम , टमाटर, गोभी र काउली खान सुरु गर्नुपर्छ।
अनिद्रा र चिन्ता: यदि तपाई अनिद्रा, चिन्ता र खुट्टा दुख्ने जस्ता कठिनाइहरूबाट गुज्रिराख्नु भएको छ भने म्याग्नेशियम र पोटाशियम युक्त खानेकुरा खान सुरु गर्नुहोस्। टमाटर, सुन्तला र पालक नियमित रूपमा सेवन गरेर यो समस्याबाट बच्न सक्नुहुन्छ।
जब छाला सुख्खा हुन्छ: शरीरमा भिटामिन ई को कमीका कारण छाला सुख्खा हुन्छ। यसमा हरियो सब्जि, च्याउ, तेल, नरिवल र माछा खानु फाइदाजनक हुन्छ।
मिठाई खान मन लाग्नु: यदि तपाईलाई अचानक तनाव, अवसाद, थकान वा मीठाई खाने उत्सुक हुन्छ भने तपाईको शरीरमा चिनीको कमी भएको छ। यसको सुधार गर्न तपाईले एक सन्तुलित मात्रामा मह र चकलेट लिन सक्नुहुन्छ।
नङ खस्रो हुन थाल्नु: यस समयमा भिटामिन बी उत्पादहरू युक्त खानेकुरा खानुपर्छ। जस्तै दूध, नरिवल र च्याउ यसका लागि उत्तम खाना मानिन्छ।