रातमा बोल्ने बानीको बारेमा हामी आफैलाई थाहा हुदैन। यो बानी तपाईसँग सुत्ने व्यक्तिलाई मात्र थाहा हुन्छ। यदि तपाईको पनी निन्द्रामा बोल्ने बानी छ भने यो एक गम्भीर समस्या हुन सक्छ। त्यसैले यो समस्याको समाधान तपाई आफैले निकाल्नु आवश्यक छ। वास्तवमा यो एक प्रकारको प्यारासोमनिया हो अर्थात निदाएको समयमा अस्वभाविक व्यवहार गर्नु तर यसलाई बिरामी मानिदैन । यसका पछाडी धेरै कारण हुन सक्छ। तपाईको खराब बानी पनि यसको कारण हुन सक्छ।
तनाव: यदि तपाई लगातार तनावमा हुनुहुन्छ भने तपाईलाइ यो समस्या हुन सक्छ। यसका लागि तपाईले आफ्नो मस्तिष्कलाई पर्याप्त आराम प्राप्त गर्ने मौका दिनुपर्छ र आफै पनि आराम गर्न जरुरी हुन्छ। कार्यालयको कामलाई धेरै गम्भीर रुपमा लिनुहुन्छ भने केहि दिनका लागि कामबाट छुट्टी लिनुहोस्। यदी सक्नुहुन्छ भने कुनै रमाइलो स्थानमा घुम्न जानुहोस्।
समयमा सुत्ने: समयमा सुत्नुहोस् यसबाट निन्द्रामा बोल्ने बानीबाट छुटकारा पाउनु हुनेछ। बेलुका समयमा सुत्ने र बिहान सही समयमा उठ्ने गर्नाले यस्तो समस्या कम हुन्छ। साथै तपाइले पुरा निन्द्रा लिनु जरुरी हुन्छ। यदि यस्तो गर्नु भएन भने यो समस्याले तपाइलाई सताई रहने छ।
समयमा खाना खाने: केही मानिसहरू रक्सीका शौखिन हुन्छन् र रातको समयमा रक्सी पिएर आउछन्। र राती निन्द्रामा बोल्न थाल्छन्। यो समस्यालाई समाधान गर्न चाहनुहुन्छ भने रक्सी छोड्नु पर्छ। यदि यो सम्भव छैन भने यसलाई बिस्तारै कम गर्दै जानु पर्छ।
ब्यायामको आवश्यक: कहिले काही शरीरमा ब्लड सर्कुलेशन ठीक ढंगले नहुने भएकोले गर्दा पनि निन्द्रामा बोल्ने बानी हुन्छ। यसको लागि तपाई साँझमा हिड्ने वा योगा गर्न सक्नुहुन्छ।
भूतको फिल्म नहेर्नुहोस्: डरलाग्दो चलचित्रबाट बच्नुहोस्। रातमा कुनै पनि हालतमा डरलाग्दा चलचित्र नहेर्नुहोस्। यसले दिमागमा असर गर्छ र राती निन्द्रामा मानिस कराउन थाल्छ। त्यसैले रोमांटिक वा कमेडी चलचित्र हेर्नु राम्रो हुन्छ ।
संगीतको सहारा लिने: संगीत यस्तो चिज हो जसले चंचल मनलाई शान्त बनाइदिन्छ। त्यसैले सुत्नुअघि आफ्नो मन पर्ने गीत सुन्नुहोस्। यसले राम्रोसंग निन्द्रा लाग्छ र निन्द्रामा कराउने बानि पनि कम हुन्छ।
औषधिको साइड इफेक्ट: तपाईले लिइरहनु भएको औषधिको असरले पनि निद्रामा बोल्ने बानी भएको हुन सक्छ। र यदि त्यस्तो हो भने ती औषधि केहि दिनका लागी रोक्नुहोस्। यदि तपाईको बानीमा केहि फरक देख्नुभयो भने यसको बारेमा डाक्टरसँग सल्लाह लिनुहोस् ।