धेरैबेर काम गर्नाले यदि तपाइको गर्दनमा दुखाईको समस्या आईरहन्छ भने यसको लागि योगको नटराज आसन उपयोगी रहेको छ । यस्तो अभ्यास गर्दा गर्दनको दुखाई मात्र नभएर तपाइको मन शान्ति हुनेछ ।
नटराज आसन गर्ने तरिका:
यो आसनको लागि सबैभन्दा अगाडि दुई खुट्टा जोडेर उभिनुहोस् । खुट्टालाई हल्का छुट्टाउनु होस् । त्यसपछि आफ्नो दायाँ खुट्टालाइ बिस्तारै पछाडीबाट उचालेर कम्मरसम्म लेराउनु हो र आफ्नो दायाँ हातले कुर्कुच्चालाई समातेर तान्नुहोस् । अर्को बायाँ हात भने सिधा माथि ठड्याउनुहोस् । यस अवस्थामा केहि बेर उभिनुहोस् र प्रारम्भिक अवस्थामा फर्कनुहोस् । यो आसनले मांसपेशिहरुलाई लचिलो बनाउनुको साथै मनलाई पनि शान्त राख्न मद्दत गर्दछ ।
यसका फाइदाहरु:
१. यस आसन गर्नाले तपाइको शरीर ब्यालेन्स हुनुको साथै शरीरमा अधिक लचिलोपन आउनेछ ।
२. यस आसन गर्नाले हात, खुट्टामा रक्तसञ्चार ब्यालेन्स हुनुको साथै तपाइको नर्भस सिस्टम पनि राम्रो हुन्छ ।
३. नटराजन आसन गर्नाले तपाइको कामको क्षमता बढ्नुको साथै एकाग्रतामा पनि गम्भीर सुधार आउनेछ ।
४. मनको शान्ति गर्न र आत्मविश्वास बढाउनको लागि नटराजन आसन एकदम उपयोगी रहेको छ ।
नोट: जुन व्यक्तिमा कम्मरमा समस्या छ त्यस्तो व्यक्तिले यो आसन नगर्नुहोला।