एजेन्सी, तपाई हामीले पाल्ने घरेलु जनावरहरुमा सबैभन्दा बढि कुकुरनै पर्दछ होला । तर तपाईले कहिल्यै बाँदरलाई पाल्नुभएकोछ या पलिराख्नुभएकोछ ? अथावा बाँदरलाई पालेको देख्नुभएको छ ? पक्कै पनि देख्नु र सुन्नु भएको होला ।
तर के तपाईंले कहिल्यै कुकुरजस्तै बफादार बाँदरको बारेमा समाचार सुन्नुभएको छ ?
सायद बाँदर यतिधेरै बफादार बनेको दुनियाँमा पहिलो घटना होला यो । भारतको कलकत्तामा एउटा बाँदरले आफ्नो मालिकको परेवाको ज्यान जोगाउनका लागि आफ्नै प्राणको आहुति दिएको छ ।
यो बाँदरले आफ्नो मालिकको घरमा घुसेका एक हुल चोर मान्छेसँग जमेर भिडन्त गर्यो र चोरहरुलाई चोर्नबाट रोक्न सफल भयो ।
कलकत्ताको काशीपूर इलाकामा एकजना मानिसले आफ्नो घरमा बाँदर र केही परेवा पालेका थिए ।
एकदिन परेवा चोर्नका लागि घरमा केही चोरहरु आए । घरमा चोर घुसेपछि बाँदरले चोरहरुमाथि जाईलाग्यो । चोरसँगको लडाइँमा चोरहरुको प्रहारबाट बाँदरको ज्यान गयो । तर उसले अन्तिम समयसम्म पनि चोरहरुलाई परेवा चोर्न दिएन ।
प्रहरीले ती घरमालिकको जाहेरीका आधारमा चोरहरुलाई पक्राउ गरेको छ । आफ्नो चोरी कार्यमा बाँदरले रोकावट गरेपछि बाँदरलाई मारिदिएको अभियुक्तहरुले पुलिससामु बयान दिएका छन् ।