५८ जना सैनिक जवान एउटै मोटरसाइकलमा चढेर राखे विश्व कीर्तिमान!

एजेन्सी, विश्व किर्तिमान कायम गर्नको लागी केही न केही नयाँ कुराको खोज तथा आविष्कार गर्नै पर्छ । यो पटक भने ५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटक चढेर विश्व किर्तिमान कायम गरेका छन् । प्राय: मोटरसाइकलमा ३ जनासम्म बस्न सकिन्छ र  नियमअनुसार २ जना मात्र चढ्नु पर्दछ।

बैंगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा  इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटक चढेर विश्व कीर्तिमान राखेका हुन् । एकैपटक मोटरसाइकलमा चढेर ५८ जना सैनिकहरुले १२ सय मिटर टाढासम्म गुडाएका थिए । तौल बढी नहोस् भनेर सैनिकले १ सय मिलिमिटर पानी तथा बिस्कुट मात्र खाएका थिए । ५८ जना मानिस अटाउनका लागि मोटरसाइकलमा दायाँ–बायाँ दुवैतर्फ टेक्ने ठाउँ जोडिएको थियो ।

प्रकाशित : शनिबार, मङि्सर ०९, २०७४१६:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैज्ञानिकले ऐलियंसलाई पठाए सन्देश, जवाफ आउन २५ वर्ष लाग्ने !