एजेन्सी, नेपालमा तरकारीको भाउ बढेर तपाई हामी एकदमै चिन्चित छौं । जसका कारण सरकारले त्यसमा अनुगमन पनि गरेको थियो ।
नेपालमा, दैनिक उपभोग्य हुने वस्तुमा मूल्य दिनदिनै बढेको पाईन्छ । हामीलाई लाग्न सक्छ यो समस्या हाम्रो देशमा मात्र हो तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ अहिले बढेको महँगीको बारेमा थाहा पाउनुभयो भने सायद तपाईंलाई हरेक दिन किन्ने तरकारी तथा दूध सित्तैमा पाएजस्तो लाग्नेछ ।
हो, भेनेजुयलाको महँगीको बारेमा सुन्दा नै होसहवास् उड्छ । त्यहाँ एक बोतल दूधका लागिसमेत मानिसहरुले झण्डै डेढ लाख रुपैयाँ तिर्नुपरेको छ ।
भेनेजुयला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । देशको ढुकुटीमा पैसा रित्तिँदै गएको छ र केन्द्रीय बैंकसँग केवल १० अर्ब डलर मात्रै बचत छ । देश ऋणले थला परेको छ । यहाँको मुद्रा बलिभरको चरम अवमूल्यन छ । एक अमेरिकी डलर बराबर ८४ हजार बलिभर मुद्रा पुगेको छ ।
महँगी चरम बनेपछि मानिसहरुको आयस्तरले जीवन धान्नै मुस्किल परेको छ ।