एक सच्चा पुजारीले झैँ मन्त्र पढ्ने यो हो रोबोट पण्डित!

एजेन्सी, धार्मिक आस्थाको कारणले पूजा, अनुष्ठान विवाह या मांगलिक कार्य गर्नका लागि पण्डितको आवश्यकता रहेको हुन्छ । पछिल्लो समयमा धार्मिक शास्त्रको ज्ञान पुरै राख्ने पण्डित कमै पाइन्छन् ।  त्यसैले हत्तार-हत्तार आफ्नो काम सकाएर हिड्ने गर्दछन् । तर अब पण्डित जीको स्थान लिनको लागि ‘रोबो पण्डित’ बजारमा आएको छ जसले इमानदारीको साथ् तपाईको पूजा कार्यक्रममा मद्दत गर्नेछ ।

‘आवश्यकता नै अविष्कारको जननी हो।” आजको समयमा राम्रो पुजारी मिल्न मुस्किल भएको हुनाले जापानमा एक रोबो पण्डितको अविष्कार गरिएको छ । उक्त रोबो पण्डितले मन्त्रको सहि उच्चारण गर्नुका साथै इमानदार पूर्वक काम गर्नेछ । टोक्योमा जब ‘Pepper’ नामका एक रोबोटलाई दुनियाको सामू ल्याइयो तब यसलाई देखेर सबैजना अचम्ममा परेका थिए। रोबो पण्डित ड्रम बजाउदै सही-सही मन्त्रको उच्चारण गर्दछ ।

यसलाई ‘निस्सेइेको’ नामको कम्पनीले बनाएका छन् । कम्पनीको कार्यकारी सल्लाहकार ‘मिचिओ इनमुर’ का अनुसार जापानमा धर्म प्रति आस्था घट्दै गएकोले मानिसहरुलाई धार्मिक कार्यमा आकर्षित गर्नका लागि यस रोबोटले ठुलो भूमिका खेल्ने बताएका छन् । र यदि धर्म प्रति मानिसहरुको आस्था घट्दै गयो भने २०४० सम्म जापानमा ४० प्रतिशत बौद्ध मन्दिर बन्द हुनेछ ।

प्रकाशित : शनिबार, मङि्सर ०९, २०७४१२:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी युवक जसले मुखभित्र साढे ४ सय नली हालेर राखे विश्व रेकर्ड [भिडियो सहित]