खाने तरिकाले पनि मानिसको ग्रह प्रभावित हुने, अब बदल्नुस तपाई पनि आफ्नो खाना!

खानपानमा सबैको स्वाद फरक-फरक रहेको हुन्छ । केहिलाई नूनिलो मीठो हुन्छ भने केहिलाई गुलियो खाना मनपर्छ । तर के तपाइलाई थाहा छ ? खानाले पनि ग्रहलाई प्रभावित गर्दछ । यस बारेमा रातो पुस्तकमा उल्लेख गरिएको छ । रातो किताब उल्लेख गरिएअनुसार व्यक्तिले त्यहि खानुपर्छ जसको कमी भईरहेको हुन्छ । यो कमीको अर्थ जुन ग्रह कुण्डलीमा कमजोर भईएको छ त्यहिं ग्रहसँग सम्बन्धित खाना खानुहोस्। वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि व्यक्ति त्यो खानामा आकर्षित हुन्छ जसको उसलाई कमि भएको हुन्छ । जस्तै यदि तपाईले धेरै गुलियो खानु भयो र कसैले तपाइलाई नुनिलो खाने कुरा दियो भने तपाई नुनिले खाना प्रति आकर्षित हुने गर्दछ।

रातो किताब अनुसार जुन व्यक्तिको गुरु कमजोर भएको हुन्छ उक्त व्यक्तिलाई पहेलो वस्तु निकै मनपर्ने गर्दछ । यस्ता व्यक्तिले चनाको दाल सोनपापडी, बेसार र बेसनको लड्डु खाना निकै रुचाउछन् । कम्जोर मंगल भएका व्यक्तिलाई मुसुरीको दाल, मह साथै रातो खुर्सानी मन पर्दछ । जसको कुण्डलीमा सुर्य कमजोर हुन्छ त्यस्ता व्यक्तिहरु नुनिलो भोजनको शोखिन हुने गर्छन ।

साथै जसको कुण्डलीमा चन्द्र या शुक्र कमजोर भएको हुन्छ त्यस्ता व्यक्ति दुध, दही, चामल, मिस्रि र आईसक्रीम मनपराउने  गर्दछन् । तिल, खिचडी, सर्सिउको तेल आदिको कारक शनि मानिन्छ । कमजोर शनि हुने व्यक्तिहरु चिल्लो खाना मन पराउने हुन्छन । शनिको दशामा चिल्लो खाना अधिक मात्रामा खानाले शनिको कुप्रभाव टाढा रहनेछ भने जसको बुध ग्रह कमजोर  हुन्छ उनीहरुलाई मूंगको दाल, साग र मटर अति रुचाउने हुन्छन् ।

प्रकाशित : शनिबार, मङि्सर ०९, २०७४१४:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वास्तुशास्त्र अनुसार विवाह ढिलो हुदैछ भने यसको कारण तपाईको बेड पनि हुनसक्ने…