एजेन्सी, धेरैपटक तपाईसँग पनि यस्तो भएको हुनसक्छ जस्तै नयाँ ठाउँमा राति निन्द्रा नलाग्ने, त्यस्तै कुनै यस्तो ठाउँ हुनसक्छ जहाँ तपाईलाई घरमा भन्दा धेरै निन्द्रा लाग्ने गर्दछ । के तपाईले सोच्नु भएको छ यस्तो किन हुन्छ? वास्तुशास्त्र अनुसार यो सब वास्तुको प्रभावले गर्दा भएको हो । वास्तुशास्त्र अनुसार तपाईको सुत्ने तरिका र खाटको प्रभाव तपाईको जिन्दगीमा पर्ने गर्छ । यसले तपाईको वैवाहिक जीवन र विवाह हुने समयमा बाधा पुर्याउने काम गर्दछ । त्यति मात्र नभएर तपाइको करियर र आर्थिक स्थितिमा पनि असर पार्दछ ।
वास्तुशास्त्र अनुसार महिला र पुरुषको सुत्ने दिशा अलग-अलग हुने गर्छ । महिलाहरुको लागि उत्तर पश्चिम दिशा शुभ हुन्छ र पुरुषहरु पूर्व र पूर्वोत्तर दिशामा सुत्नु पर्दछ । खाट राख्दा भित्तामा नटासी राख्नु पर्दछ । खाटको सरसफाई जति जरुरी हुन्छ उत्तिकै जरुरी खाट मुनि सफा गर्न जरुरी हुन्छ । त्यसैले यदि खाटमुनि सामान राख्ने बानि छ भने त्यसलाई बदल्नुहोस् । खाट मुनि राखिएको समानबाट नकारात्मक उर्जाको संचारहुने गर्दछ । जसले विवाहमा वाधकको कार्य गर्दछ । यदि बक्स पलंगमा सुत्नु हुन्छ भने निश्चित घर्रामा सामान राख्नु हुन्छ होला । त्यसबाट पनि नकारात्मक उर्जा प्रदान गर्छ । यस नकारात्मक उर्जालाई टाढा राख्नको लागि खाटको चारै खुट्टा मुनि तामाको एक टुक्रा अथवा एउटा भाडामा नुन हालेर राख्नुहोस् । खाटमा सधै बाया तर्फ सुत्नुहोस् । यस तर्फ सुत्ने व्यक्तिको मुड निकै राम्रो हुन्छ। उनीहरु भित्र सकारात्मक सोच रहने गर्छ र यिनीहरु एकदम जागरिलो हुन्छन ।