एजेन्सी, यदी तपाई दिनमा ८ घण्टाभन्दा धेरै सुत्नुहुन्छ भने यो निन्द्रा तपाईको लागि हानिकारक साबित हुनसक्छ । यो तथ्य चिनमा भएको एक अनुसन्धानमा पाईएको हो । अध्ययनकर्ताहरुले धेरै निदाउनेको दिमागले कम कार्य गर्ने कुरासँग प्रसङ्ग जोडेका छन् । २०११ मा चीनको वृद्ध नागरिकहरुसंग गरिएको एक अनुसन्धानमा थोरै निदाउने जस्तै धेरै निदाउने बानिले पनि हाम्रो सम्झन सक्ने शक्तिलाई प्रभावित गर्न सक्छ भन्ने कुराको पत्ता लागेको छ ।
पर्याप्त निन्द्रा हाम्रो सम्झन सक्ने शक्तिको लागी निकै महत्व रहेको छ तर कम निन्द्रा या जरूरत भन्दा धेरै निन्द्रा हाम्रो सम्झने शक्तिमा नकारात्मक प्रभाव पार्न सक्छ । सम्झने शक्ति मात्र नभईकन, निन्द्राको अधिकताले स्वास्थ्य सम्बन्धि अन्य समस्या पनि हुने गर्दछ । १० घण्टा भन्दा धेरै निन्द्राले शरीरमा कम स्तरको सुन्निने सम्बन्धि प्रक्रियालाई प्रभावित गर्दछ । त्यसैले ८ घण्टा भन्दा बढी सुत्नु भनेको आफैले आफैमा समस्या ल्याउनु हो ।