एजेन्सी, बिज्ञान र प्रबिधिले दुनिया नै ओगटेको छ भने झैँ अब विभिन्न खालका अनौठा-अनौठा निर्माण र त्यसलाई नयाँ ढंगले प्रस्तुत गर्न फेरि नयाँ आविष्कार हुने भएको छ । मानव जातिले अब यस्तो रेस्टुरेन्ट बनाउने भएका छन् जुन हामिले सोचेका पनि छैनौ । स्नोहेटा नामक कम्पनीले स्ट्रक्चर डिजाइन गरेको यो रेस्टुरेन्ट आधा पानी भित्र हुनेछ भने आधा पानि बाहिर हुनेछ ।
यूनानको राजधानी एथेंसमा खुल्न लागेको यो रेस्टुरेन्ट दुनियाकै पहिलो अन्डरवाटर रेस्टुरेन्ट हुनेछ । जसमा ३६ फिट चौडाईको पैनोरैमिक झ्याल लगाईन्छ ताकि ग्राहकले समुद्रको दृश्यको मजा लिन सकुन । यसको बनावटलाई हेर्दा एउटा सिमेन्टको ठुलो कन्टेनर समुद्रमा राखिएको जस्तो देखिन्छ । तर यो रेस्टुरेन्ट भित्रको सुन्दरता हेरीरहू लाग्ने खालको हुनेछ ।
यो रेस्टुरेन्टमा १०० कस्टमर एक साथ खानाको मजा उठाउन सक्छन् । स्नोहेटा कम्पनि अनुसार यो रेस्टुरेन्टको निर्माण अर्को वर्षबाट शुरु हुनेछ । र २०१९ बाट यो सुचारुमा आउने खुलासा भएको छ ।