मानव शरीरका हरेक अंगको आ-आफ्नै विशेषता छ र हरेक अंगको निकै महत्व रहेको हुन्छ । यस्तै हाम्रो शरीरमा भएको नाकको पनि ठुलो भूमिका रहेको छ । विशेष रुपमा नाकलाई सास फेर्न र कुनै कुराको सुगन्ध थाहा पाउनको लागि प्रयोग गरिन्छ । यी प्राकृतिक विशेषता बाहेक नाकले व्यक्तिको स्वभाव र पोल पनि खोल्न सक्ने समुन्द्र शास्त्रले बताएको छ । नाक विभिन्न आकारमा हुने भएकाले व्यक्तिको नाकबाट स्वभाव थाहा पाउन सकिने शास्त्रले बताएको छ ।
१. समुद्रशास्त्र अनुसार जुन व्यक्तिको नाक सिधा र लामो हुन्छ त्यस्तो व्यक्तिको व्यवहार कुशल हुनुका साथै सफा हृदयको हुन्छ । यदि सुगाको जस्तो तलतिर निहुरिएको नाक भए त्यस्ता व्यक्ति समझदार र भाग्यशाली हुन्छन् । र आफ्नो योग्यता र ज्ञानबाट जीवनमा सबै प्रकारको भौतिक सुख-साधन प्राप्त गर्न सक्छन ।
२. जसको नाक लामो र मोटो हुन्छ त्यस्तो व्यक्तिको रुचि सुबिधातर्फ अधिक हुनेगर्छ ।
३. छोटो र अन्तमा मोटो भएको महिलाहरु रोमान्टिक स्वभावका हुन्छन । परम्परागत विवाहभन्दा यिनीहरु प्रेम विवाहमा रुचि राख्छन् ।
४. समुन्द्र शास्त्र अनुसार लामो नाक हुने स्त्री सुख-सुबिधा सम्पन्न जीवन जिउने हुन्छन् भने छोटो नाक हुने महिलाको जीवन संघर्षमय हुन्छ । पुरुषमा जसको नाकको प्वाल सानो हुन्छ त्यस्ता व्यक्तिलाई भाग्यमानी मानिन्छ ।