एजेन्सी – रुसको उसुरी खाडीस्थित समुन्द्र भएको तटीय क्षेत्रमा रक्सीको बोत्तलहरु धेरै फ्याँकिएका कारणले समुन्द्री तट सबै रक्सिको बोतलले भरिएको छ । फ्याँकिएका रक्सिका बोतल तथा काँचको टुक्राहरु सबै हिउँको कारणले पत्थरजस्तै भएका थिए ।
उसुरी खाडीस्थित समुद्री तटलाई सोभियत शासनकालमा सरकरले यस क्षेत्रलाई खतरा घोषित गरि त्यहाँ जान मानिसहरुलाई प्रतिबन्ध लगाएको थियो । यसको कारणले त्यहाको वातावरण तथा समुन्द्रिको जीवजन्तुहरुको लागि पनि खतरा भएको थियो ।
डम्प गरिएको हजार भन्दा बढी रक्सि तथा काँचको टुक्राहरु समुद्री छालसँग नियमित रुपमा ठोकिने भएकोले ती हजारौं टन काँचको टुक्राहरू रंगीन पत्थरजस्तै बन्न पुग्यो । कयै वर्षपछि त्यस क्षेत्रमाथि लगाएको प्रतिबन्ध खुलाईयो र पुन मानिसहरु त्यहाँ जान थालेका छन् । अहिले यो समुन्द्री तट विश्वकै सबैभन्दा राम्रो एवम सुन्दर ठाउँ मध्ये एक मानिन्छ ।