आज धनतेरस (काग तिहार) मा कुन राशि हुनेले के किन्ने के नकिन्ने: पुजा विधि कस्तो हुने ?

Diwali Puja Thali/Plate

काठमाडौँ – पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्रमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ ।

आज सामानहरु किन्ने र दीपदान गर्ने दिन अर्थात् धनतेरस पर्व साथै काग तिहार पनि हो । आजको दिनमा प्रत्येक राशिका मानिसहरुले के किन्न हुन्छ र के किन्न हुन्न भन्ने कुरा थाहा पाउन जरुरी रहेको छ । जानेर बुझेर खरिद गरे देखि लक्ष्मीले कहिले साथ नछोड्ने विश्वास पनि रहेको छ । ज्योतिष शास्त्र अनुसार धनतेरस भएको दिन कुन राशी भएकोले के किन्न हुने र नहुने तथा पूजा गर्ने बिधि तल विस्तारमा दिईएको छ ।

१) मेष राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– सुन, चादी, भाडा, गहना, हिरा, विधुतीय उपकरण र कपडा किन्दा लाभ मिल्नेछ ।
– मेष राशिभएकाहरुले धनतेरसमा लक्ष्मी भगवान्को कृपा पाउनका लागि साझको समयमा आफ्नो घरको मुख्य प्रबेशद्वारमा तेलको दियो बालेर त्यसलाई पुजा गर्नु पर्दछ ।
– नरक चतुर्दशीको दिन आफ्नो घरको पूर्व दिशामा एक दियो बालेर राख्न राख्नुहोला ।
– दीपावलीको दिन शुक्र यन्त्र र शनि यन्त्रको स्थापना गरेर पूजा गर्नुस् ।
– सेतो कपडामा चन्दनको लेप लगाएर आफ्नो तिजोरीमा राख्नुहोस् ।

२) वृष राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– सुन, चादी, पीतल,हीरा, केशरी,कपडाहरु खरिद गर्न हुने तर सवारीसाधन, तेल, छालाको सामान, काठको फर्नीचर नकिन्दा राम्रो
– साझको समयमा पीपलको ५ वोटा पातहरुलाई पहेंलो चन्दन लगाएर खोलामा बगाए धनको बचत हुने र फिजूलखर्च रोकिने छ ।
– नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बालेर राख्न जरुरी रहेको छ ।
– वृष राशि भएकाले दीपावलीको दिन महालक्ष्मी यन्त्रको स्थापना गरि पूजा गरे राम्रो हुने छ ।

३) मिथुन राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)                                                                    – जग्गा,जमिन,घर, सुन, चादी किन्न हुने तर कसैलाई पनि उधारो दिन हुदैन ।
– मिथुन राशि भएकाले धनतेरसको दिन मा लक्ष्मीको कृपा पाउनका लागि बरको ५ वटा पातमा रातो चन्दन लगाएर रातो कपडामा केही सिक्कालाई बाधेर घरमा राख्नु पर्छ ।
– नरक चतुर्दशीको दिन आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नु पर्छ ।
– दीपावली को दिन मिथुन राशि भएकाले घरमा चादीको श्रीयंत्र लेराए सुभ-लाभ हुन्छ ।
– दीपावली को दिन एक जटा भएको नरिवललाई रातो कपडामा बाधेर आफ्नो तिजोरीमा राख्नु पर्छ ।
– यसो गर्नाले धन लाभ हुन्छ, कुनै इच्छा पनि पूरा हुन्छ र परिवारमा सुख-शान्ति आउँछ ।

४) कर्कट राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– चादी,विधुतीय उपकरण, भाडा, काठको फर्नीचर किन्न हुने तर फलाम बाट बनेको कुनै पनि सामान किन्न नहुने
– माता लक्ष्मीको कृपा पाउनको लागि आज धनतेरसमा कर्कट राशि भएकाले साझ पीपलको रुख मुनि सर्सिउको तेल प्रयोग गरेर पंचमुखी दियो बाले लाभ हुने
– नरक चतुर्दशीको दिन आफ्नो घरको उत्तर दिशामा एउटा दियो बाल्न जरुरी रहेको छ ।
– दीपावली को दिन विष्णु मन्दिरमा एक पहेंलो त्रिकोण आकारको झण्डा चढाए आमदनी को स्रोत बढ्ने र आर्थिक स्थितिमा सुधार आउने छ ।

५) सिंह राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– सिंह राशि भएकाले धनतेरसमा आफ्नो नाम बाट कुनै पनि वस्तु खरदि नगर्दा राम्रो
– शनिको बास भएको हुनाले सुन, फलाम र शेयरमा प्रबेश नगर्दा राम्रो
– तामाको भाडा , कपडा र बच्चाको लागि कुनै पनि सामग्री नकिन्दा राम्रो
– सिंह राशि भएकाले धनतेरसमा गाईलाई खाना खुवाए र आफ्नो घरको पूर्व दिशामा एक दियो बाले देखि कारोबारमा भएको नोक्सान बाट बच्ने र दरिद्रता हट्नेछ ।
– आज बाट दीपावलीसम्म हरेक दिन आफ्नो घरको मुख्य द्वारको नजिक धेरै घिउ हालेर दियो बाले सुभ हुने छ ।

६) कन्या राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– आज धनतेरसको दिन कन्या राशिमा गजकेसरी योग बनेको हुनाले सुन, सम्पत्ति, हिरा, चादी , विधुतीय उपकरणहरु, गाडी,फर्नीचर किने देखि निकै नै लाभ मिल्ने छ भने कालो रंगको वस्तु वा कपडा किने देखि अशुभ हुने छ ।
– कन्या राशि भएकाले धनतेरसमा आर्थिक स्थिरताको लागि माता लक्ष्मीको मन्दिर मा २ वोटा कमलगट्टेको माला चढाउनुस्
– नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्न जरुरी छ ।
– दीपावलीको दिन रातो कपडाले श्रीफललाई बाधेँर आफ्नो तिजोरीमा राखे आर्थिक संकट हट्ने छ र धन लाभ हुने छ ।

७) तुला राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– आज धनतेरसमा तुला राशि भएकाले लगानी गरे लाभ हुने छ ।
– सुन, तामा, गाडी, चाँदी का समान खरीद गर्दा लाभ मिल्ने छ भने फलामको सामग्री नकिन्दा उत्तम
– तुला राशि भएकाले ऋणबाट मुक्त हुनका लागि माता लक्ष्मीको मन्दिरमा नरिवल चढाउनूस ।
– नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको दिन लक्ष्मी माताको मन्दिरमा कमल गट्टेको माला चढाए रोग, दुख र दरिद्रता सबै हटेर जान्छ र भौतिक सुख प्राप्त हुने छ ।

८) बृश्चिक राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– बृश्चिक राशि भएका मानिसहरुमा शनि को साढ़ेसात चलिरहेको हुदा आजको दिन आफ्नो नाममा कुनै पनि सामान खरिद नगर्दा राम्रो
– फलामको सामान र सुन किन्न नहुने तर परिवारमा कसैको नाम बाट चाँदी, भाडा , पित्तल, कपडा,फर्नीचर, बिधुतिय उपकरण खरिद गर्दा लाभ हुने
– बृश्चिक राशि भएकाहरुलाई घाटा बाट माथि आँउनका लागि मुर्दा घाट मा लगाइएको पानिको नाल या कुवाको पानि लेराएर पीपलको रुखमा चढाए लाभ हुने
– नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नु पर्द छ ।

९) धनु राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– आज धनु राशि भएकाहरुले घर,जग्गा,जमिन र बहुमुल्य वस्तु खरिद गर्दा लाभ मिल्ने छ ।
– सुन, हिरा ,बहुमुल्य रत्न खरिद गर्दा पनि लाभ हुने छ .
– नरक चतुर्दशीमा आफ्नो घरको पूर्व दिशामा एक दियो बाल्नु होस् ।
– दीपावली को दिन पीपल को पातमा लक्ष्मी मंत्र लेखेर आफ्नो तिजोरीमा राखे धन लाभ हुने छ ।

१०) मकर राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)                                                                    – कपडा, सुन, चादी, गाडी , किताब, बहुमुल्य रत्न, चादीको भाडा खरिद गर्दा धेरै लाभ मिल्ने छ भने मकर राशि भएकाले विधुतीय उपकरण र घर,जग्गामा लगानी नगर्दा लाभ हुनेछ ।
– मकर राशि भएकाले आफ्नो आय स्रोत बढाउनका लागि आज सर्सिउको तेलमा दियो बल्नु पर्दछ ।
– नरक चतुर्दशीमा आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको दिन शनि यन्त्र र मंगल यन्त्रको स्थापना गरि पूजा गर्नु पर्द छ ।
– शनि यन्त्र छ भने घरको पश्चिम दिशामा निलो कपडाले बाधेर राख्नुहोस
– दीपावलीको दिन रातो कपडामा नरिवल राखेर आफ्नो तिजोरीमा राखे माता लक्ष्मीको घरमा स्थायी वास हुने छ ।

११) कुम्भ राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– आज धनतेरसमा कुम्भ राशि भएकाले लगानी गरे निकै नै लाभहुने छ ।
– घर, जग्गा , सवारीसाधन, किताब, विधुतीय उपकरण,फर्नीचर खरिद गर्दा निकै सुभ हुने तर सुन वा बहुमुल्य रत्न भने खरिद गर्न नहुने
– कुंभ राशि हुनेले स्थायी सुख-समृद्धिको लागि आज धनतेरसमा आफ्नो परिवारसँग लक्ष्मी-गणेश र कुबेर जी को पूजा गर्नुहोस्
– नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस्
– दिपावलीको रात नरिवलको खबटामा घिउ हालेर दियो बाले लक्ष्मीको घरमा स्थायी वास हुने छ ।

१२) मीन राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)
– सुनको आभूषण, चादीको भाडा, घर-जग्गा खरदि गर्दा निकै लाभ रहेको तर शेयर मा लगानी र अरुलाई उधारो दिए असुभ हुने
– मीन राशि भएकाले आफ्नो कारोबारमा फाईदा कमाउनु छ भने कुनै दुई वृक्ष रोपेर त्यसको सधै हेरविचार गर्ने संग्कल्प लिनुहोस्
– नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको दिन पहेलो कपडामा बेसार राखी त्यसलाई ११ वोटा गाठो बनाएर आफ्नो तिजोरी मा राख्नुहोस
– माता लक्ष्मीको मन्दिरमा अगरबत्तीको दान गर्नाले कारोबार र काममा उन्नति मिल्ने छ ।

प्रकाशित : मङ्गलबार, असोज ३१, २०७४१५:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अमेरिकाले काठमाडौँमा रहेको मन्दिरहरु पुनर्स्थापनाका लागि गर्यो आर्थिक सहयोग