एजेन्सी – अमेरिकाले नेपालको १६ औं शताब्दी पुरानो हिन्दु मन्दिरको पुनर्स्थापना गर्नको लागि रु १,००,००० अमेरिकी डलरको आर्थिक सहयोग गरेको छ । उक्त मन्दिर २०१५ को भुकम्पमा क्षतिग्रस्त भएको थियो । अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणको लागि राजदूत कोषको माध्यममार्फत एतिहासिक चार नारायण मन्दिरको पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको हो ।
दूतावासद्वारा जारी एक बयान अनुसार,”१५६६ मा निर्माण भएको यो मन्दिर नेवारी वास्तुकलाको एक महत्वपूर्ण र अत्यधिक विकसित अभिव्यक्ति दर्शाएको छ ।” राजदूत टेप्लिट्जको अनुसार,” सांस्कृतिक संरक्षणको लागि राजदूत कोषको मध्यमबाट हाम्रो काम हाम्रो राष्ट्रको बीच मजबूत, जिवन्त साझेदारीको प्रतिकसंग नेपालको विविध र समृद्ध विरासतको प्रति सम्मानको रुपमा कार्य गर्छौ । टेप्लिट्स र पुरातत्व विभागको पुर्व महानिदेशक नारायण दाहलले सयुक्त रुपले राजधानी काठमाडौंको पाटन दरबार स्क्वायरमा मन्दिरको पूर्णनिर्माणको लागि एक समारोह उद्घाटन गरिएको थियो । यो पूर्णनिर्माणको काम भने २ वर्षमा पुरा हुनेछ ।