दुष्ट ग्रह मंगलले आजबाट घर बदल्यो: यी ६ राशी हुनेलाई शुभ, ६ राशिलाई भने यस्तो खतरा

एजेन्सी – मङ्गल ग्रहले १३ अक्टुबर अर्थात् आज शुक्रवारबाट आफ्नो राशी बदलेको छ । रातो ग्रहको नाम चिनिने यो ग्रह आज दिउँसो ४ बजेर २६ मिनेटबाट कन्या राशिमा प्रवेश गरेको छ।  यस भन्दा पहिले सिंह राशि रहेको मंगल ग्रह आजबाट कन्या राशिमा प्रवेश गरेको हो ।

मंगललाई क्रूर र दुष्टग्रह मान्ने गरिन्छ। स्वभावको हिसावले मंगलमा क्रोधको भाव रहने गर्छ । मंगलको राशि परिवर्तनले कुन राशी हुनेलाई शुभ: र कुन राशी हुनेलाई अशुभ हुन्छ।  आनुहोस जानौं यसबारे।

मेष- मेष राशिको स्वामी मंगलले आज आफ्नो राशीमा छैठौ भावमा प्रवेश गरेको छ। जसले गर्दा यो राशी हुनेहरुले स्वास्थ्यको खुबै ध्यान दिनु पर्ने देखिन्छ। तल्लो भावमा रहेको शुक्र र मंगलको मिलापले तपाइको लागि हानिकारक योग हुने गर्छ। सुखद र रमाइलो क्षणमा पनि साथीहरुको बिश्वास गुमाउन सक्ने योग छ।

वृष- वृष राशि हुनेलाई मंगल पंचम स्थान प्रवेश गरेको छ । जसको कारण यस राशिको लागि सकारात्मक परिणाम प्राप्त हुन्छ। यदि यस समय कुनै व्यवसाय शुरू गर्न चाहनु भएको छ भने अहिलेको समय निकै उचित र सुभ समय हो। पैत्त्रिक संपत्तिबाट लाभ मिल्ने योग छ ।

मिथुन- आफ्नो राशिबाट यो ग्रहले मंगल चतुर्थ स्थानमा प्रवेश गरेको छ । यस राशिको लागि आउने समय शुभ रहेको छ । यो एक महिनाको समयमा विदेश यात्राको योग रहेको छ ।

कर्कट – मंगल तपाइको राशिबाट तेस्रो स्थानमा प्रवेश गरेको छ जन तपाइको पराक्रमको स्थान हो। मंगलको यो परिवर्तन धन भावमा हुनाले यस राशि हुनेहरुलाई धन प्राप्तिको योग रहेको छ ।

सिंह- सिंह राशिबाट मंगलको प्रवेश धन भावमा भएको छ । यस समय यो तपाईका सम्पूर्ण काममा आउने रुकावट हट्ने योग छ। यो समयमा सरकारी क्षेत्र लाभ मिल्ने प्रबल सम्भावना रहेको छ ।

कन्या – मंगल तपाइको राशि प्रवेश गर्दै छ। तपाईको राशिमा शुक्र तल्लो स्थानमा रहेको छ। यस समयमा तपाईले आफ्नो वरपर निकै नकारात्मकता ऊर्जा महसूस गर्न सक्नु हुन्छ । बिरामी वा कुनै दुर्घटनामा पर्न सकिने योग रहेको छ। त्यसैले यो राशी हुने तपाई धेरै सजक हुनु आवश्कता छ।

तुला- मंगलले तपाइँको राशिबाट १२ स्थानमा घर बनाएको छ। मंगल राशिको घर परिवर्तनले यो राशीहुने तपाईलाई लाभको योग छ।  जसले गर्दा यो राशि हुनलाई धन प्राप्तिको योग जुर्ने गर्छ।  यसको साथै यसले तपाईको सफलतामा पनि पनि वृद्धि हुनेछ।

वृश्चिक- मंगल ग्रह यस राशिको १२ औँ स्थान प्रवेश गरेको छ। जो कर्मक्षेत्रको सूचक हो । जसले गर्दा तपाईको प्रमोशन हुने योग छ। कर्मक्षेत्र भएका कारण करियरमा जोश र जाँगर बढ्नाले तपाइँलाई  सफलताको चरम चुलीमा पुर्याउने योग छ। यस बाहेक यो राशि हुनेहरुलाई भविष्यमा पैसाको कुनै पनि कमी हुन्दैन।

धनु- यस राशिलाई मंगल ग्रहको घर परिवर्तनले जीवनमा राम्रो परिणाम ल्याउन सहयोग गर्छ।  उच्च शिक्षाको लागि विदेश यात्राको योग रहन्छ। लामो दूरीको यात्रा तपाइको लागि लाभकारी पनि साबित हुनेछ । परिवारको सहयोग मिल्ने योग छ ।

मकर- तपाईको राशिबाट मंगलले भाग्य स्थानमा प्रवेश गर्दै छ। यो परिवर्तन यस राशिका लागि खासै उत्साहजनक रहदैन । कार्यक्षेत्रमा समस्याको सामना गर्नु पर्ने देखिन्छ। धन हानि हुनुको साथ साथै कुनै दुर्घटना घटना सक्ने योग पनि रहेको छ।

कुम्भ- आजबाट कुम्भ राशिमा मंगल को प्रवेश ८ औँ स्थानमा भएको छ।  अष्टम मंगल निकै शुभ र फलदायी मान्ने गरीन्छ। कार्यक्षेत्रमा यसले लाभ पनि प्राप्त हुन सक्छ। यस समय नोकरीमा पदोन्नति हुने प्रबल संभावना छ। वैवाहिक जीवनमा जीवनसाथीसंग कुनै कुरामा मनुमटाव हुन सक्छ । आफ्नो क्रोधलाई नियन्त्रण राख्नु होला र बहस गर्ने चक्करमा नलाग्नु होला जसले ठुलो समस्या खडा हुन सक्छ ।

मीन- यस राशिमा मंगलले ७ औँ भावमा आफ्नो स्थान बद्लेको छ । जसका कारण तपाईले सफलता पाउनको निम्ति संघर्ष पर्न सक्छ । यदि व्यवसायमा पैसाको समस्या आइरहेको छ भने यस समय मंगलको प्रभावले गर्दा तपाईलाई ऋण मिल्न सक्छ। साथै  कुनै पुरानो ऋण पनि बढ्ने सम्भावना रहेको छ।

प्रकाशित : शुक्रबार, असोज २७, २०७४१८:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हिजोबाट बुध ग्रहले बदल्यो घर: यी ५ राशिलाई अति शुभ: अन्य राशी हुनेहरुलाई के होला प्रभाव ?