हिजोबाट बुध ग्रहले बदल्यो घर: यी ५ राशिलाई अति शुभ: अन्य राशी हुनेहरुलाई के होला प्रभाव ?

काठमाडौँ – बुध ग्रहलाई ज्ञानको कारक या बौद्धिक शक्ति प्रदायक ग्रह मान्ने गरिन्छ । जुन रा‌शिमा यो ग्रह प्रवेश गर्छ, त्यस राशीका व्यक्तिहरुको आफ्नो बुद्धिको बलमा हरेक ठाउँमा मान सम्मान र लाभ हासिल गर्न सक्छन् ।

बुध ग्रहले अक्‍टूबर १४ अर्थात् तद अनुसार असोज २९ गते बिहान ५ बजेर ३० मिनटबाट तुलामा प्रवेश गरेको छ। जसको असर सबै १२ राशीहरुमा नै हुने गर्छ। बुध ग्रह यस राशिमा २ नोवेम्बर अर्थात् कार्तिक १६  गते सम्म रहनछ ।

कर्कट राशि:
कर्कट राशि हुनेहरुलाई बुध ग्रहको प्रभावका कारणले उनीहरुको जिन्दगीको लागि केहि राम्रो हुने संकेत गर्छ।  व्यवसायिक दृष्टीले पनि यो समय निकै लाभदायक रहेको छ।  स्वास्थ्यको हिसावले पनि राम्रै रहेको छ यो समय कर्कट हुनेहरुको लागि।  तपाईको निजी जिन्दगी पनि खुशिमय नै रहने देखिन्छ। तपाईलाई यो समयमा पैतृक संपत्तिबाट लाभ मिल्ने योग छ ।

कन्‍या राश‌ि
कन्या राशिको लागि आगामी समयमा आर्थिक लाभ हुने सम्भावना रहेको छ। यदि तपाईले बचत गर्न सक्नु भएको छैन धेरै भन्दा धेरै कुनै काममा लगानी गर्नुहोस् । सम्पति सम्बन्धी कार्यमा लाभ हुनेछ ।

तुला राश‌ि
तुला राशिमा बुध ग्रहको प्रवेश भएको हो। यो ग्रह सूर्यको सबै भन्दा नजिक हुन्छ । यसकारण यो ग्रहको जपको लागि सूर्यको पूजा गर्नु पर्ने हुन्छ। यो समय तपाई आफ्नो व्यवसाय बढाउने सोच बनाउनु अति उत्तम रहन्छ । तुला राशिमा ब्रहस्पतिको प्रभावका कारण विदेश यात्राको पनि योग छ । डान्स एवं एक्टिंग क्षेत्रसँग जोडिएका मानिसहरुका लागि यो कमाईको समय पनि हो। व्यावसायिक हिस्सेदारमा लाभ कमा कमाउन सकिने छ ।

धनु राश‌ि
धनु राशि हुनेहरुका लागि धन लाभ हुने योग छ । जीवनसाथीको सहयोग मिल्नेछ। नाम मान सम्मान बढ्ने छ। शुभ कार्यहरु पूर्ण हुनेछन् । व्यावसायिक क्षेत्रमा आफ्नो कौशल र सफलता प्राप्त हुनेछ।

मीन राश‌ि
मीन राशि हुनेहरुका लागि अप्रत्याशित लाभ हुने सम्भावना रहेको छ। कानूनी झमेलाहरुमा विजय प्राप्त हुनेछ। धन स्थिर रहनेछ।  सामाजिक मान सम्मान र  प्रतिष्ठा प्राप्त होला।

अन्य राशी हुनेहरुलाई भने कुनै पनि प्रकारको सकरत्माक या नकारात्मक प्रभाव पर्ने छैन।  

प्रकाशित : आइतबार, असोज २९, २०७४१५:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज १९ वर्षपछि पहिलो पटक पञ्च शुभ योग बन्दै , यस्ता सामग्री किने लाभदायक