एजेन्सी, मानिसले प्रेममा अनेक विचित्र कार्य गरेको त थाहा थियो तर जनावरले पनि आफ्नो प्रेमिकाको लागि अनौठो काम गरेको कमै मात्रामा होला । यो घटना पश्चात जीव-जन्तुमा पनि प्रेमको भावना हुदो रहेछ भन्ने पुष्टि हुन्छ । बेलायतमा एक ७० वर्षको फ्रेडी नाम गरेको घरपालुवा कछुवाले आफ्नो पार्टनर एस्ट्रिड नामको कछुवालाई भेट्नका लागि १० किलोमिटरको यात्रा गरेको छ।
विगत ५० वर्षदेखि स्ट्यान्सनको घरमा बसिरहेको फ्रेडीको प्रेमिका घरभन्दा १० किलोमिटर पर चिडियाखानामा राखिएको थियो । फ्रेडीले २४ घन्टा लगाएर प्रेमिकालाई भेटेको छ । घरबाट फ्रेडी हराएपछि स्ट्यान्सनले आफ्नो फेसबुक मार्फत फ्रेडी हराएको सूचना लेखेकी थिइन्। त्यसको केहि दिनपछि उनलाई फोन आयो र फ्रेडी चिडियाखानामा रहेको थाहा भएपछि हराएको र भेटेको समयलाई मध्यनजर गर्दा २४ घण्टामा फ्रेडीले १० किलोमिटरको यात्रा गरेको देखिएको छ । प्रेममा जे पनि गर्न सकिन्छ भने झैँ संसारकै सबै भन्दा ढिलो हिड्ने जनावरले २४ घण्टामा १० किलोमिटर पार गरेको भन्दा सबै अचम्ममा परेका छन्।