यी हुन् विश्वकै सबै भन्दा खतरनाक एयरपोर्टहरु, नेपाल कति औं नम्बरमा ?

एजेन्सी – प्राय एयरपोर्टको हवाई मार्गको लम्बाई भनेको  १८०० मीटर देखि २४०० मीटर सम्म हुने गर्छ । तर विश्वमा केहि  एयरपोर्टहरुको हवाई मार्गको लम्बाई छोटो हुनुका साथै खतरनाक पनि छन् । आज हामी तपाईहरुलाई विश्वको एयरपोर्टहरु मध्ये खतरनाक  एयरपोर्टहरुको बारेमा जानकारी दिनेछौ ।

१. नेपाल : तेन्जिङ – हिलेरी एयरपोर्ट 

नेपालको तेन्जिङ- हिलेरी एयरपोर्टको रनवे पहाड र खैको बीचमा रहेको छ । यो नेपालको सोलुखुम्बु जिल्लामा स्थित  लुकला सहरमा रहेको यो  एयरपोर्टको रनवे ४६० मीटर लामो छ । यो विश्वकै सबै भन्दा खतरनाक तथा डरलाग्दो एयरपोर्टहरु मध्ये एक हो ।

यहाँ मात्रै केहि सानो जहाज र  हेलीकाफ्टर  मात्रै ल्याण्ड गर्न सक्छन । यस  रनवेको उत्तरमा पहाडको शिखर  छ भने दक्षिणमा ६०० मीटर गहिरो खाई छ । यस एयरपोर्टमा मानिसहरु सगरमाथा चड्नको लागि आउने गर्छन ।

२. स्कटल्याण्ड : बारा एयरपोर्ट

यो एयरपोर्ट अन्य एयरपोर्ट भन्दा निकै भिन्न छ । यो एयरपोर्ट समुद्रको किनारमा छ।  बारा एयरपोर्ट ट्रेग मोर समुद्री तटमा बनाईएको छ र बारा द्वीप स्थित यो रनवे त्रिकोण आकारमा बनाईएको छ र यहि काठको पोल पनि लगाईएको छ जसले  पाइलटलाई  हवाई जहाज उतार्न सहायता मिल्ने गर्छ ।

३. मालदीव :  माले एयरपोर्ट

यो एयरपोर्ट अन्य एयरपोर्टभन्दा भिन्न तरिकाले बनाईएको छ । माले एयरपोर्ट समुन्द्रको किनार भन्दा मात्रै २ मिटरको उचाईमा रहेको छ । यो एयरपोर्ट द्वीपको एक अन्तबाट सुरु हुन्छ र अर्को तिर अन्त्य हुने गर्छ । यदि पाइलटहरु मात्रै एक गल्ति गर्छन भने हवाई जहाज सीधै महासागरमा झर्छ । यो एयरपोर्टको रनवे पानीबाट सुरु भएर पानीमै अन्त्य हुने गर्छ । यो द्वीप ९०,००० वर्ग किलोमीटर सम्म फैलिएको छ ।

४. साबा: इरास्किन एयरपोर्ट 

 

इरास्किन एयरपोर्टको रनवे व्यावसायिक उडान गर्नेहरुको लागि प्रयोग गरिने गरिन्छ।यो विश्वकै सबै भन्दा छोटो रनवे हो  ।यस रनवेको लम्बाई करिब ३९६ मिटर मात्रै छ । यो अन्य रनवे भन्दा निकै सानो रनवे हो । यहाँ मात्रै सानो हवाई जहाजहरु मात्रै ल्याण्ड गर्न सक्छन।यो रनवे जति राम्रो छ त्यति नै खतरनाक पनि छ ।यो रनवे यक पर्वतीय चट्टानमा बनेको छ जुन तिन तिर बाट समुन्द्रले धेरिएको छ । यहाँ ठुलो हवाई जहाजहरु ल्याण्ड गर्न सक्दैनन् ।

५. अमरीका -कोलोरेडो एयरपोर्ट

अमरीकाको कोलोरेडो स्थित टेलूराइड रीजनल एटरपोर्ट २७६७ मीटरको उचाईमा छ र उत्तर अमेरिकाको सबै भन्दा उच्च तहमा रहेको एयरपोर्ट हो ।

टेलूराइड  रीजनल एटरपोर्टको रनवे चट्टानको एक भागमा रहेको छ । यसको अघि  ३०० मीटरको गहिराहीमा  सान मिगुल  नाधि रहेको छ । हालै २००९मा निर्माण गरिएको यस एटरपोर्टमा अब ठुलो विमानहरु पनि ल्याण्ड गर्न सक्छन । त्यहाँ रतको समयमा धेरै हावा चल्ने कारणले सानो विमानहरु ल्याण्ड गर्न सक्दैनन् ।

६. हङकङ: काई टाक 

हङकङ को काई टाक एयरपोर्ट पनि धेरै खतरनाक एयरपोर्ट मानिन्छ । यहाँ ल्याण्ड गर्दा धेरै मानिसहरुलाई कयौ पल्ट हार्ट अटैकको सिकार पनि भएका थिए । अहिले भने यस एयरपोर्टमा रोक लागिएको छ । तर सन् १९२५ देखि सन् १९ सम्म यहाँ धेरै विमानहरुको अनुगमन हुने गर्थियो । यस एयरपोर्टको दुवै तीर ठुलो भवनहरू थिए।  कुनै पनि विमानलाई यहाँ ल्याण्ड गर्न  निकै गाह्रो पर्ने गर्थियो ।

प्रकाशित : आइतबार, असोज २९, २०७४२२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रगतबाट बिजुली निकाल्न सकिने, भयो यस्तो नयाँ आविष्कार ! कसरी निस्किछ बिजुली ?