एजेन्सी – आधुनिकताको विकाससंगै बिभिन्न खालका घातक रोगहरु पनि व्यापकरुपमा बढी रहेका छन्। यस्तै एउटा रोग जसले मानिसको शारीरिक विकास ह्वात्तै छिटो गराउँछ।
अस्ट्रेलियामा एउटी ५ वर्षकी बालिका एमिली डोवरलाई यस्तै गम्भीर रोग लागेको छ। जन्मदा उनि सामान्य आवस्थामा भए पनि २ वर्षको उमेरमा उनको शारीरिक विकास तिब्र रुपले बढ्न थालेको थियो। त्यस पश्चात उनि ४ वर्षको उमेरमा नै महिनामारी भइन् ।
चिकित्सकहरु भन्छन् उनलाई एडिसन नामको रोग लागेको छ। उनको शारीरिक अंग अहिले जवान महिलाको जस्तो भई सकेको छ र अब उनको हेर्मोनेले दिएको संकेत अनुसार उनको शारीरिक अंग अब प्रौढ महिलाको जस्तो हुने लक्षण देखिएको बताउछन्।