एजेन्सी – मानिसहरुको लागि जुत्ता,चप्पल दैनिक जीवनमा अत्यधिक प्रयोग चिज साथै यसलाई अति आवश्यक वस्तु पनि मानिन्छ।
अहिलेको एक्काइसौँ सताब्दीमा मानिसहरुलाई जुत्ता,चप्पल लाउन प्रतिबन्ध गरिएको छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर यो सत्य हो। छिमेकी देश भारतको तमिलनाडुस्थित कलियामान गाउँका मानिसहरु कैयौं साल देखि जुत्ता,चप्पल नलाईकन खाली खुट्टा जीवन चलाईरहेका छन्। यो बिषयलाई लिएर गरिएको एक अनुसन्धानका अनुसार यो गाउँका मानिसहरु सदियौँदेखि अपाच्छी नामका देवताको पूजा गर्दै आएका रहेछन्। यो गाउँको कुल देवता भएको र गाउँलेहरुको रक्षा गर्ने आस्था भएकाले देवताको पवित्रतालाई कायम राख्नका लागि उक्त गाउँका मानिसहरुले अहिले सम्म पनि जुत्ता,चप्पल लगाएका रहेनछन् ।
तर जुत्ता,चप्पल लगाउनै नपाउने चाहि होइन, गाउँको सिमाना भित्र मात्र लाँउन नहुने सिमाना बाहिर लाउँन पाउने गाउँको मुखियाले बताएका छन्।