काठमाडौँ, सामान्यतया माकुरा घरको भित्तामा, कुना भएको ठाउँमा जालो बनाएर बस्छ। जनसंख्याको हिसाबले हेर्ने हो भने पृथ्वीमा ७ औ नम्बरमा माकुरा पर्ने गर्छन् ।
माकुराको १० रोचक तथ्य यस्तो छ :
१. करीब ४० करोड वर्षदेखि माकुराले यस धर्तीमा बसोबास गरेको पाइन्छ।
२. जनसंख्याको हिसाबले हेर्ने हो भने पृथ्वीमा ७ औ नम्बरमा माकुरा पर्ने गर्छ।
३. हालसम्म ४६ हजार भन्दा बढी प्रजातिका माकुराको खोज अनुसन्धान भैसकेको छ।
४. “बाघिरा किप्लिंग” नामक प्रजातिका माकुरा मात्र साहाकारी भएको पाइएको छ ।
५. माकुराले धेरै टाडासम्मको दुरी देख्न सक्दैन, तर कुनै प्रजातिले त्यो प्रकाश पनि देख्नसक्छ जुन मानिसले पनि देख्न्न सक्दैन ।
६. माकुरा कमिलासँग डराउछ।
७. माकुराले आफ्नो खुट्टामा भएको स-साना रौबाट सुगन्ध थाहा पाउन सक्छ।
८. एक मादा माकुराले एकपटकमा ३ हजार भन्दा बढी अन्डा दिन्छ।
९. नर माकुराको लिङ्ग हुदैन, यसले अनुहारसँग यौन सम्पर्क राख्ने गर्छ।
१०. माकुराको रगत निलो हुन्छ किनभने यसको रगतमा फलामको सट्टा तामा पाइन्छ।