एजेन्सी – जर्मन तानाशाह अडोल्फ हिटलरलाई दोस्रो विश्वयुद्ध हुनुको मुख्य कारण मनिन्छ । त्यस विश्वयुद्धमा धेरै मानिसहरुले आफ्नो ज्यान गुमाएका थिए । दोस्रो विश्वयुद्ध सुरु हुनुअघिको कुरा हो, एक अभिनेताले हिटलरलाई मार्ने मौका गुमाएका थिए । ती अभिनेताको नाम लेन्नार्ड पर्सि हो ” ।
बेलायतमा हुने एक टि.भी कार्यक्रम “Only fools and horses tale” मा अभिनेता लेन्नार्ड पर्सिको चर्चा गरिएको थियो । अभिनेता लेन्नार्ड पर्सिको अनुसार सन् १९३० मा एक नाटक भएको थियो जहाँ नेताहरु तथा हिटलर पनि उपस्थित भएका थिए । अडोल्फ हिटलरलाई त्यो नाटक यति धेरै मन परेको थियो कि उनि स्वयम लिनेर्ड पर्सिसँग हात मिलाउन गएका थिए । यदि लेन्नार्ड पर्सिले त्यस समयमा दोश्रो विश्वयुद्ध हिटलरले गराउने कुरा थाहा भएको भए उनले त्यसै समय हिटलरलाई गोलि हानी हत्या गर्थे भनेका थिए ।