एजेन्सी, हालसालै मात्र “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएका अमेरिकन मरिन गोजु करातेका ५ डन खेलाडी उज्ज्वल ठकुरीले फेरी गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा आफ्नो र देशको नाम राख्न सफल भएका छन्। उनले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा उठाउने वजनमा ५० केजीको पुरानो रेकर्डलाई तोडेर ६३.५८ के.जी. उठाई नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।
उज्ज्वल ठकुरीको जन्म काठमाडौँमा ४२ बर्ष पहिला भएको थियो। तर उनी बिगत १५ वर्ष अगाडि अमेरिका गएका थिए। हाल उनि अमेरिकामा नै छन् । उनि त्यहाँ कराते खेल क्षेत्रमा लागेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक तथा अवार्डबाट सम्मानित भैसकेका छन्। आगामी दिनमा अझै ३ किसिमको विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम राख्नका लागि प्रयास गरिरहेको र त्यसमा पनि सफलता मिल्ने आशा रहेको ठकुरीले बताएका छन्।
हेर्नुहोस भिडियो >>