एजेन्सी, सन् २०१४ मा चीनको सांग राजवंशको पालाको एउटा कचौरा झन्डै ४ अर्ब रुपैयाँमा बिक्रि भएको छ । चिनियाँ माटोबाट बनेको यो कचौरा हंङकङमा १ हजार वर्ष पुरानो हो । निलो रंगको यो कचौरा १३ सेन्टिमिटरको रहेको छ ।
१ हजार वर्ष पुरानो यो कचौरा खरिद गर्ने खरिदकर्ताले उक्त कचौरालाई झण्डै ३ अर्ब ८० करोड डलर मूल्यमा खरिद गरेका हुन् । सोथबे अक्सन हाउसका अनुसार, उक्त राजवंशको पालाको यो कचौरा लिलाममा राखेको २० मिनेटमा नै बिक्रि भएको थियो । खबर अनुसार यस कचौराको खरिदकर्ताले फोनबाटै बोली लगाई उक्त कचौराको खरिद गरेका थिए । यो कचौराका लागि सुरुवाती बोली नै १ करोड २ लाख डलर लागेको थियो । कचौरा किन्ने व्यक्तिको नाम भने गोप्य राखिएको स्रोतले जनाएको छ।